सुशासन र समृद्धिका विषय व्यवहारमा लागू भएनन् : अध्यक्ष दाहाल « Khabarhub

सुशासन र समृद्धिका विषय व्यवहारमा लागू भएनन् : अध्यक्ष दाहाल


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र समृद्धिका विषय आदर्शका रूपमा दिने अभिव्यक्तिमा सीमित हुने देखिएको बताएका छन् । 

आइतबार ललितपुरमा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष दाहालले जुनसुकै दल सरकारमा रहे पनि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले सधैँ सुशासन र समृद्धिका कुरा गर्ने गरेको भन्दै उक्त विषय आदर्शका रूपमा दिने अभिव्यक्तिमा सीमित हुने देखिएको महसुस आफूलाई भएको बताएका हुन् ।  

सुशासन र समृद्धिका विषय जीवन व्यवहारमा लागू हुने नदेखिएकाले गुनासाहरू धेरै आउने गरेको उनले बताए । उनले आदर्श एउटा विषय भए पनि कार्यान्वयन वा जीवन व्यवहारमा लागू गर्ने विषय फरक–फरक रहेको धारणा राखे । 

सञ्चारमाध्यमले सुशासन र समृद्धिसँग जोडिएर आएका विषयमा देखिएका अन्तर्विरोधलाई खुलस्त राख्नुपर्ने उनको भनाइ छ । 

अध्यक्ष दाहालले समाज रूपान्तरणको लागि पत्रकारहरूले दिने हरेक समाचार सत्य र तथ्य हुनुपर्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी रहेको जिकिर गरे ।  

उनले पत्रकारिता क्षेत्रलाई जबाफदेही र मर्यादित बनाउन आफ्नो तर्फबाट सदैव सकारात्मक सहयोग हुने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ४८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि