प्रचण्डको निष्कर्ष : ओली सरकार नाङ्गिन थाल्यो, माओवादीसामु चुनौती र अवसर दुवै | Khabarhub Khabarhub

प्रचण्डको निष्कर्ष : ओली सरकार नाङ्गिन थाल्यो, माओवादीसामु चुनौती र अवसर दुवै


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन १ गतेसम्म सम्पत्ति विवरण बुझाइसक्न नेताहरूलाई निर्देशन दिएका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरू केन्द्रीय समिति बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको सांगठानिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै दाहालले सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका हुन् ।

‘आगामी फागुन १ भित्र केन्द्रदेखि प्रदेशसम्मका सबै नेता-कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र आयस्रोतको विवरण बुझाउनु पर्नेछ’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ओली सरकारबारे कडा टिप्पणी

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले केपी शर्मा ओली नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकार आफैँ नाङ्गिँदै जान थालेको पनि टिप्पणी गरेका छन् ।

दाहालले धुम्बाराहीमा जारी केन्द्रीय समिति बैठकमा समसामयिक राजनीति परिवेशबारे ब्रिफिङका क्रममा आफ्नो नेतृत्वको सरकारले थालेका का कांग्रेस-एमाले सरकारले पन्छाउँदै जाँदा आफैं नाङ्गिएको दाबी गरे ।

‘हाम्रो पालाको सरकारले कयौँ काम र सुशासन अभियानलाई वर्तमान सरकारले पन्छाइरहेको छ’, उनले भने, ‘यो सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन । यो सरकारबाट जनता खुसी छैनन् । जनतामुखी काम गर्न चुकेको केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारण नाङ्गिन थालेको छ ।’

अर्को प्रसंगमा दाहालले एमालेले प्रतिशोध साँधेकै कारण शान्ति प्रक्रियाले टुंगोमा पुग्ने गरी गति लिन नसकेको पनि जिकिर गरे ।

जम्बो समितिप्रति चिन्ता

प्रचण्डले सम्बोधनका क्रममा माओवादी केन्द्रीय समितिको आकार ठूलो भएकोमा चिन्ता जनाएका छन्।

केन्द्रीय समिति बैठकमा ब्रिफिङका क्रममा उनले जम्बो पार्टी समिति अवसर र चुनौती दुवैका रुपमा देखा परेको पनि टिप्पणी गरेका छन् ।

‘हाम्रो विशाल केन्द्रीय समिति हाम्रा लागि चुनौती भएको छ । अर्कातिर यो समिति हामीलाई अवसर पनि बनेको छ ’, दाहालले ब्रिफिङका क्रममा भने ।

उनल‍े माओवादी अहिले इतिहासकै चुनौतीपूर्ण यात्रबाट गुज्रिएर सम्भावनाको ढोकातिर उभिएको पनि दाबी गरे । उनले अहिले बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा रहँदा पार्टीको क्रान्तिकारी छवि जोगाइराख्ने चुनौती माओवादीसामु आइपरेको पनि बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : ०२ बजे

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक