छविको बयान : जीबी र रविले माइन्यूटबाटै किर्ते गरे, दुवै मिलेर सहकारीको रकम ल्याए « Khabarhub

स्वर्णलक्ष्मी सहकारी हिनामिना

छविको बयान : जीबी र रविले माइन्यूटबाटै किर्ते गरे, दुवै मिलेर सहकारीको रकम ल्याए


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको हिनामिना प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) र प्रबन्ध निर्देशक रवि लामिछानेले सञ्चालकको माइन्युटबाटै किर्ते गर्ने आरोप लगाएका छन् ।

स्वर्णलक्ष्मी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा जोशीले शेयर हस्तान्तरण गरेर आफू अमेरिकामा रहेका बेला रवि र जीबीले माइन्युटमा किर्ते हस्ताक्षर गरेर निर्णय अघि बढाएको दाबी गरेका हुन् ।

आफूले गोर्खा मिडियामा लगानी नथप्ने र घर धितो नराख्ने अडान लिँदा सम्बन्ध बिग्रिएको पनि उनले खुलाएका छन् । उनले रविको आग्रहमा शेयर हस्तान्तरण गरेर तीन महिनामै छुट्टिए पनि प्रक्रिया नसकिएको बहानामा सात महिनासम्म गोर्खा मिडियाका काममा लगाइरहेको बताएका छन् । उनले अमेरिका रहेका बेला कम्पनी सदस्यका रूपमा रवि र जीबीले आफ्नो किर्ते हस्ताक्षर गरेको बताएका छन् ।

‘…पछि अमेरिकाबाट नेपाल आएपश्चात पनि प्रतिवादी जीबीले उक्त कम्पनीमा आफ्नो दायित्व यथावत् नै राखेको थाहा पाई त्यसबारे निजसँग सोधखोज गर्दा मलाई निजले तपाईंको केही कागजपत्रहरूमा हस्ताक्षर छुटेको छ भनेर देखाई पुनःमाइन्युट लगायतका कागजातहरूमा सहीछाप गर्न लगाएकोले मैले आफ्नो सहीछाप रहेको कम्पनीका कागजातहरू हेर्दा मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७।०७।०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युट लगायतका कागजातमा मेरो किर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरूको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरूसँग बसी कम्पनीमा काम गर्नु हुँदैन भन्ने ठानी मैले सहकार्य गर्न छाडेको हुँ,’ उनल बयानमा उल्लेख गरेका छन् ।

गोर्खा मिडियाको सबै सेयर हस्तान्तरण गर्दा पनि सहकारीको ऋण आफ्नो नाममा लिएको कुरा प्रहरीले लेजर देखाउँदा मात्रै थाहा पाएको बयान पनि उनले दिएका छन् ।

छविले सहकारीको सफ्टवेयरबाट प्राप्त हुन आएको गितेन्द्रबाबुईले विभिन्न क्लाइन्ट कोड प्रयोगरी एकपटक तीन करोड ४२ लाख ९८ हजार रुपैयाँ, भौचरमा उल्लेखित एक करोड १८ लाख २८ हजार, एक करोड ५० लाख, ५० लाख, ४० लाख र २५ लाखसहित गोर्खा मिडियामा जम्मा गरेको पैसा जीबी र रविले नै लगेको हुने दाबी पनि उनले गरेका छन् ।

‘गोरखा मिडिया नेट्वर्क प्रालिबाट छोटो समयमा आफू प्रतिवादी गितेन्द्रबाबु र रविको गलत नियत बुझी कम्पनी छाडी गएको हुँदा मलाई सो सम्बन्धमा कुनै चासो हुने कुरा रहेन,’ उनले ऋणबारे भनेका छन् । रविले आफूलाई थप लगानी नगर्ने भए हट्न भनेको बताउँदै उनले दुवैजनालाई मात्रै रकमबारे जानकारी हुनुपर्ने बताएका छन् । छविले आफ्नो नाममा जम्मा गरिएको रकमबारे थाहा नभएको पनि बताएका छन् ।

‘रकमबारे गितेन्द्रबाबु र रविलाई नै थाहा हुनुपर्छ’, उनले बयानमा भनेका छन्, ‘मिसिलमा संलग्न चेकबाट विभिन्न मिति र समयमा प्रतिवादी गितेन्द्र र रवि ले आ-आफ्नो हस्ताक्षर गरी जम्मा नगद ९३ लाख ६ हजार ६६० सहकारीको खातामा जम्मा गरिदिएको कुरा खुल्न आएकोाले गोर्खा मिडियामा गैह्रकानुनी रुपमा सहकारी रकम गितेन्द्रबाबु र रविले ल्याएको हुनुपर्छ ।’

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : ३६ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन