चीनले संसारकै सबैभन्दा ठूलो बाँध बनाउने, भारतमा चिन्ता « Khabarhub

चीनले संसारकै सबैभन्दा ठूलो बाँध बनाउने, भारतमा चिन्ता


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले भारतको सीमानजिकै संसारकै सबैभन्दा ठूलो बाँध निर्माणको तयारी गरिरहेको छ । तिब्बतमा यार्लुङ साङ्पो भनिने ब्रम्हपुत्र नदीमा निर्माण हुने यो बाँधको लागत १ खर्ब ३७ अर्ब अमेरिकी डलर बराबरको हुने अनुमान गरिएको छ ।

आफ्नो सीमानजिक पर्यावरणीय हिसाबमा निकै संवेदनशील मानिने हिमाली क्षेत्रमा चीनले बाँध निर्माण गर्न लागेपछि त्यसले पार्ने साँस्कृतिक र वातावरणीय प्रभावलाई लिएर भारतमा चिन्ता उत्पन्न भएको छ । खासगरी यो बाँध निर्माण हुने स्थल भूकम्पीय जोखिम हुने क्षेत्र हो । यसले थप खतरा हुने विज्ञहरु बताउँछन् ।

यस बाँधले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसको जीवनमा प्रत्यक्ष असर पार्ने विज्ञहरुको भनाइ छ । भारतका पूर्वोत्तर राज्यहरु र बंगलादेशका लाखौँ मानिसहरु कृषि, खानेपानी र जलविद्युत् उत्पादनका लागि ब्रम्हपुत्र नदीमा निर्भर छन् ।

चीनले भने केबल ऊर्जा उत्पादनका लागि मात्रै बाँधको निर्माण गरिरहेको प्रष्ट्याउँदै आएको छ । यो बाँधले ब्रम्हपुत्र नदीको जल प्रवाहमा कुनै असर नपार्ने चीनले आश्वासन दिएको छ । तर, चीनको यो आश्वासन भारतलाई रिझाउनका लागि मात्रै भएको विश्लेषकहरु बताउँछन् । जलविद्युत् परियोजना निर्माण मात्रै नभइ जलस्रोत नियन्त्रण गर्न चीनले नयाँ बाँध निर्माण गर्ने योजना बनाएको उनीहरुको भनाइ छ ।

भारतले विभिन्न कूटनीतिक तहमा यस बाँधको निर्माणलाई लिएर चीनसमक्ष आपत्ति जनाउँदै आएको छ । यो बाँधको निर्माण पूरा भएमा ब्रम्हपुत्र नदीको जलस्रोतमा चीनको नियन्त्रण कायम रहने र त्यसले क्षेत्रीय अस्थीरता पैदा गर्ने विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : २१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको