लन्डनमा चिनियाँ ‘सुपर–एम्बेसी’ प्रस्ताव खारेज « Khabarhub

लन्डनमा चिनियाँ ‘सुपर–एम्बेसी’ प्रस्ताव खारेज


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लन्डनको टावर ह्याम्लेट्स काउन्सिलले ऐतिहासिक टावर अफ लन्डन नजिकै चिनियाँ ूसुपर(एम्बेसीू निर्माणको प्रस्ताव सर्वसम्मत रूपमा खारेज गरेको छ। ७००,००० वर्गफुट क्षेत्रफलको प्रस्तावित यो दूतावासले स्थानीय सुरक्षा र गोपनीयताको चिन्तालाई पुनः अगाडि ल्याएको छ।

प्रस्तावित दूतावासलाई चीनको विश्वव्यापी निगरानी र असहमति दमन रणनीतिको हिस्सा मानिएको छ। स्थानीय समुदाय, मेट्रोपोलिटन प्रहरीले उठाएका गम्भीर सुरक्षा चिन्ताहरूका आधारमा काउन्सिलले यो निर्णय गरेको हो। मेट्रोपोलिटन प्रहरीले दूतावासको सुरक्षा व्यवस्थाले अत्यधिक स्रोतको माग गर्ने र दैनिक सुरक्षामा बाधा पुर्‍याउन सक्ने चेतावनी दिएको थियो।

चिनियाँ दूतावासको स्थान रणनीतिक हिसाबले तिब्बती, उइगर, हङकङका नागरिक, र लोकतन्त्र समर्थक कार्यकर्ताहरूका लागि सम्भावित खतरा ठहरिएको छ। अधिकारवादी समूहहरूले यसलाई चिनियाँ सरकारले आप्रवासी समुदायहरूलाई नियन्त्रण गर्न प्रयोग गर्न सक्ने दमन केन्द्रको रूपमा व्याख्या गरेका छन्।

चिनियाँ सरकारको तर्फबाट प्रस्तावको रक्षा गर्दै मेगादूतावासलाई निर्माण अनुमति दिन अन्तर्राष्ट्रिय कानूनी दायित्वको हवाला दिइएको छ। तर, यो कदमले प्रजातान्त्रिक मुलुकहरूको सार्वभौमसत्तामाथि चिनियाँ दबाबको गम्भीर मुद्दा उठाएको छ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : २२ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा