सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी | Khabarhub Khabarhub

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली– पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गर्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँका विभिन्न खण्डमा दुर्घटना बढेपछि प्रहरीले न्यूनीकरणको पहल थालेको हो । 

मुग्लिनबाट कोत्रेसम्म सडकको स्तरोन्नति भइरहेकाले सडकको अवस्था र सवारी चालकको लापरबाहीका कारण दैनिक दुर्घटना बढिरहेकाले ट्राफिक नियम पालनासम्बन्धी सचेतना जगाउन थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न तथा सचेतना अपनाएर दुर्घटना न्यूनीकरणमा सघाउन आग्रह गर्दै सचेतनामूलक कार्यक्रमलाई जोड दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। 

उनले भने, ‘पृथ्वीराजमार्गका विभिन्न खण्डमा दुर्घटना बढेपछि न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ । तीव्र गतिका कारण दुर्घटना बढेपछि सीमित गतिमा सवारी चलाउन र आवश्यक नियम पालना गर्न सोसम्बन्धी जानकारीसहित आग्रह गरेका छौँ ।’ 

उनका अनुसार ट्राफिक नियम, लेन अनुशासन, सडक संकेत तथा ट्राफिक लाइटहरूको सधैँ पालना गरौँ, जथाभावी ओभरटेक नगर्न, मादक पदार्थ तथा अन्य नशाजन्य पदार्थ सेवन नगरी सवारी चलाउन, सवारी चलाउनु अगाडि आफ्नो साधन ठीक छ÷छैन जाँच गर्न, आफूभन्दा अगाडिको सवारीसँग दूरी कायम गर्न, क्षमता भन्दाबढी यात्रु तथा सामानहरू नबोक्न, तोकिएको स्थान ९बस स्टप० मा मात्र यात्रुहरूलाई चढाउन र झार्न आग्रह गरिएको छ ।

सवारी चलाउँदा आफ्नो ध्यान सडकमा मात्र केन्द्रित गर्न, मोबाइल फोनको प्रयोग नगर्न, ठूलो आवाजमा रेडियो क्यासेटहरू नबजाउन, सवारी चलाउँदा तोकिएको गतिभन्दा छिटो नचलाउन आग्रह गरिएको छ । 

साथै मोटरसाइकल चालाउँदा अनिवार्य हेल्मेट प्रयोग गरी फितासमेत बाँध्न आग्रह गरिएको भन्दै उनले पैदल यात्रु, ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सडकमा पहिलो प्राथमिकता दिन, रातको समयमा साइकल चलाउँदा टल्कने लुगाको प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए ।

मुग्लिन–पोखरा खण्ड विस्तारसँगै सडक फराकिलो बनाउने काम भइरहेको जनाउँदै प्रहरी उपरिक्षक शाहीले तीव्र गतिका कारण अत्यधिक दुर्घटना हुने गरेकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए। 

जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । आव २०८०र८१ को सोही अवधिमा भएका दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । 

जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना हुने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले बताए। उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ ।

सवारी दुर्घटनामा परी आव २०७९र८० मा २९, आव २०७८र७९ मा ४९, आव २०७७र७८ मा ४८, आव २०७६र७७ मा ४४ र आव २०७५र७६ मा ६० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : १४ बजे

महोत्तरीमा ४५ हजार बढीलाई एचपीभी खोप दिइँदै

महोत्तरी– महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी

क्यान्सर नियन्त्रणका लागि चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि

झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही

काठमाडौं- झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी

काठमाडौँ–तराई-मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको

चितवन अदालतले रविलाई हिरासतमा पठायो

काठमाडौं – सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति