एचपीभी खोप अभियान आज पनि जारी « Khabarhub

एचपीभी खोप अभियान आज पनि जारी


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप अभियान आज दोस्रो दिन पनि जारी छ । मंगलबारदेखि पोखरा महानगरपालिका लगायत देशभर अभियानका रूपमा सञ्चालन भइरहेको छ ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा वडा नं.१२ स्थित शीतलादेवी माध्यमिक विद्यालयमा पनि खोप अभियान शुभारम्भ गरिएको थियो।

अभियानका क्रममा पोखरा महानरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई लगाइने छ । फाल्गुन ६ गतेसम्म महानगरका २७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा ३४४ जना स्वास्थ्यकर्मी र ६८८ जना स्वयमसेवहरु परिचालन गरी यो खोप अभियान सुरुवात गरिएको हो । विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो । 

नेपालमा पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एच।पी।भी खोप लगाउने, ३० वर्ष माथिका महिलाहरूको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाहरूको नियमित उपचार गर्ने लगायतका प्रयासहरू भइरहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : १२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित