अमेरिकाबाट निर्वासित भारतीय आप्रवासी स्वदेश फर्किए « Khabarhub

अमेरिकाबाट निर्वासित भारतीय आप्रवासी स्वदेश फर्किए


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राज्य अमेरिकाबाट निष्कासित भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान बुधबार भारत आइपुगेको स्थानीय मिडियाले जनाएको छ ।

एक सय चार जना भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अवतरण गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

ट्रम्पको जनवरी २० को उद्घोषपछि हजारौँ कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन् । तिनमा केही अपराधका आरोपीहरू पनि छन् ।

ट्रम्पको आप्रवासन सुधारसम्बन्धी कार्यकारी आदेशहरूले एक करोड १० लाख कागजातविहीन आप्रवासीलाई प्रभाव पार्ने अनुमान गरिएको छ । नयाँदिल्ली र वासिङ्टन दुवैले निर्वासनका बारेमा विशेष टिप्पणी गरेका छैनन् ।

तर, भारतमा रहेको अमेरिकी दूतावासका प्रवक्ताले वासिङ्टनले ‘आफ्नो सीमालाई कडाइका साथ लागु गरिरहेको, आप्रवासन कानूनलाई कडा बनाएको र अवैध आप्रवासीहरूलाई हटाएको’ बताए।

‘विशेषगरी सङ्गठित अपराधका अन्य रूपहरूसँग जोडिएको हुनाले नयाँदिल्ली गैरकानूनी आप्रवासनको विरोधमा दृढ छ’, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए, ‘भारत–अमेरिका आप्रवासन र गतिशीलता सहयोगको हिस्साका रूपमा, दुवै पक्ष गैरकानूनी आप्रवासनलाई रोक्ने प्रक्रियामा संलग्न छन्, साथै भारतबाट अमेरिकामा कानूनी आप्रवासनका लागि थप मार्गहरू सिर्जना गर्दै छन ।’

भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो र विश्वकै उच्च कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर छ तर पनि लाखौँ नागरिक विदेशमा राम्रो अवसरको खोजीमा हरेक वर्ष देश छोड्छन् ।

यसको प्रवासी समुदाय विश्वभर फैलिएको छ तर अमेरिका अझै पनि रोजाइको गन्तव्य हो । अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को तथ्यांक अनुसार सन् २०१८–२०२३ को बीचमा पाँच हजारभन्दा बढी भारतीयलाई देशबाट निर्वासित गरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ५ : २३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।