अर्जुन ट्रफी : डडेल्धुरा र धनगढी सेमिफाइनलमा « Khabarhub

अर्जुन ट्रफी : डडेल्धुरा र धनगढी सेमिफाइनलमा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

फाप्ला – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले सान्त्वना जित हात पारेपछि फ्रेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाइनल पुुगेका छन् ।

समूह ए मा रहेको बोष्टन क्रिकेट झापाले घोडाघोडी–११ माथि एक रनको रोमाञ्चक जित हासिल गरेपछि धनगढी र डडेल्धुरा अन्तिम चारमा पुगेका हुन् ।

समान चार अङ्क रहेको फेण्ड्स युथ क्लब डडेल्धुरा दुई खेलमा दुई जितसहित रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ । डिसिए धनगढी तीन खेलमा दुई जित र एक हारसहित समूहको दोस्रो स्थानमा रहेको छ ।

तीन खेलमा दुई हार र एक जितसहित बोष्टन क्रिकेट झापा दुई अङ्कसहित तेस्रो स्थानमा रहेर प्रतियोगिता सक्काएको छ । डडेल्धुरा र घोडाघोडी–११ ले लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा घोडाघोडी–११ ले जित हात पार्दा पनि शीर्ष दुईभित्र नपर्ने भएकाले डडेल्धुरा र धनगढी अन्तिम चारमा प्रवेश गरेका हुन् ।

आज भएको दोस्रो खेलमा फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै बोष्टन क्रिकेट झापाले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय ६१ रन बनायो ।

झापाका लागि रोशन शाहले विष्फोटक पारी खेल्दै १५ बलमा ४१ रन बनाए । उनले ५ छक्का र एक चौका प्रहार गरे । यस्तै झापाका लागि अभिषेक कार्कीले १८ बलमा अविजित ३७ रन, रोहन विकले पनि ३७ रन र पवन कार्कीले २० रन बनाए ।

घोडाघोडी–११ का लागि कप्तान शेर मल्लले दुई विकेट लिए । नरबहादुर सार्की, नरेन साउद, आयुव चन्द र सौर्य श्रेष्ठले एकरएक विकेट लिए । एक सय ६२ रनको लक्ष्य लिएर मैदान उत्रिएको घोडाघोडी–११ ले निर्धारित २० ओभरमा सात विकेट क्षतिमा एक सय ६० रनमात्रै बनाउन सक्यो ।

त्यसका लागि दिनेश रावतले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ४० बलको सामना गर्दै पाँच छक्का र चार चौका हानेका थिए । यस्तै आयुव चन्दले २४ रन, दीपक टमाट्टाले १९ रन र कप्तान शेर मल्लले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो रनअङ्क छुन सकेनन् ।

झापाका लागि अभिषेक कार्कीले तीन विकेट लिए । अरूण ऐरी र रमेश भट्टले एक÷एक विकेट लिए । खेलमा १५ बलमा ४१ रन बनाएका झापाका रोशन शाह प्लेयर अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी पाए । नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद रू १० लाख र उपविजेताले नगद रू पाँच लाखसहित ट्रफी पाउनेछन् ।

गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रू एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रू ५०/५० हजार पाउनेछन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : १० बजे

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा

‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे

चितवन– अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका