नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अबुजा – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा १७ जना विद्यालयका बालबालिकाको मृत्यु भएको छ ।

कौरा–नमोदा स्थानीय सरकार क्षेत्रका अध्यक्ष मन्नीर मुआजु हैदराले राज्यको कौरा–नमोदा क्षेत्रमा रहेको सिकाइ केन्द्र मकरन्त मल्लम घलीमा विद्यार्थी सुतिरहेका बेला आगलागी हुँदा कम्तीमा १६ जना घाइते भएको सञ्चारमाध्यमलाई जानकारी दिए ।

प्रत्यक्षदर्शीहरूले आगो तीन घण्टा भन्दा बढी समयसम्म चलेको र स्थानीय विद्यालयका अधिकारीहरूले सुरुमा उनीहरूले घटनाको समयमा करिब १०० विद्यार्थीलाई बाहिर निकालेको विश्वास गरे । तर, आगो निभिएपछि सबै विद्यार्थीलाई बाहिर निकाल्न नसकेको थाहा भयो ।

त्यहाँका बासिन्दा अब्दुलरासाक बेलो कौराले आफूलाई भित्र कोही बाँकी नरहेको भन्ने लागेको बताए। मङ्गलबार राति भएको आगलागी विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले आगो लगाएर आगलागी भएको बताइएको छ । छानबिन भइरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ३१ बजे

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

एसियाली खेलकुद : महिला क्रिकेट छनोटमा आज चीनसँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा ताताे हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल