लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी « Khabarhub

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्ने बताएका छन् ।

ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरस्थित टुङ्गुन खोलामा बनेको पक्की पुल आज उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले राज्यको निकायबाट ललितपुरको सहरी भेगलाई हेरेर दक्षिण ललितपुरको विकास हुन नसक्ने भन्दै दक्षिण ललितपुरको कृषि, पशुपन्छी व्यवसायका साथै पर्यटनको विकासका लागि सडकको स्तरोन्नति गरी वैकल्पिक राजमार्गका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

“हामीले यहाँ केराऊ, तोरी राम्रोसँग फैलिएको देख्यौँ, जसले कृषिकर्म गर्छ, उसलाई हामीले प्रोत्साहन गर्नुपर्छ”, मन्त्री अधिकारीले भने । उनले कृषि व्यवसाय, चिया, कफी, जडीबुटी र पशुपन्छीपालनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैक्षेत्र ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले अलपत्र अवस्थामा रहेको पुलको निर्माणका लागि गाउँपालिकाको वर्तमान नेतृत्वले गरेको प्रयासको प्रशंसा गरे । उनले लेले चन्दनपुर सडकलाई वैकल्पिक राजमार्गका रूपमा सडक निर्माणका लागि शीर्षक नै छुट्याएर बजेट विनियोजन गराउन पहल गर्ने बताए ।

लेले चन्दनपुर सडकको चन्दनपुर बजारको टुङ्गुन खोलामा निर्माण भएको पुल आत्रेय निर्माण सेवा प्रालि सिन्धुलीले टेन्डर प्राप्तगरी कूल रू तीन करोड ३२ लाख ३५ हजार तीन सय १५ को लागतमा निर्माण सम्पन्न गरेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले जानकारी गराए । विसं २०७७ भदौ १७ बाट काम सुरू भएको पुल निर्माण कार्य यही २०८१ भदौ २५ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ४० बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा