कराँचीमा हिंसात्मक अपराध र सडक दुर्घटनामा वृद्धि « Khabarhub

कराँचीमा हिंसात्मक अपराध र सडक दुर्घटनामा वृद्धि


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको कराँची शहरमा हिंसात्मक अपराधका घटना बढ्दै गएको पाइएको छ । कराँची शहरमा जनवरी १ देखि २८ सम्म भएका गोलीकाण्डका घटनामा ४२ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको एआरवाई न्युजका अनुसार मृतकमध्ये ५ जना महिला छन् । सो अवधिमा यस्ता घटनामा २३३ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना महिला रहेको एआरवाई न्युजले जनाएको छ ।

लुटपाट, व्यक्तिगत दुश्मनी, विवादजस्ता कारणले गोलीकाण्डका घटना बढेको जनाइएको छ । यस अवधिमा सडक दुर्घटनाका कारण हुने हताहतीको सङ्ख्या पनि बढेको छ ।

कराँचीमा सडक दुर्घटनाका कारण यस अवधिमा ३६ जनाको मृत्यु भएको छ । यस्ता घटनामा अरु ५ सय २८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : ०५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज