कराँचीमा हिंसात्मक अपराध र सडक दुर्घटनामा वृद्धि « Khabarhub

कराँचीमा हिंसात्मक अपराध र सडक दुर्घटनामा वृद्धि


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको कराँची शहरमा हिंसात्मक अपराधका घटना बढ्दै गएको पाइएको छ । कराँची शहरमा जनवरी १ देखि २८ सम्म भएका गोलीकाण्डका घटनामा ४२ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको एआरवाई न्युजका अनुसार मृतकमध्ये ५ जना महिला छन् । सो अवधिमा यस्ता घटनामा २३३ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना महिला रहेको एआरवाई न्युजले जनाएको छ ।

लुटपाट, व्यक्तिगत दुश्मनी, विवादजस्ता कारणले गोलीकाण्डका घटना बढेको जनाइएको छ । यस अवधिमा सडक दुर्घटनाका कारण हुने हताहतीको सङ्ख्या पनि बढेको छ ।

कराँचीमा सडक दुर्घटनाका कारण यस अवधिमा ३६ जनाको मृत्यु भएको छ । यस्ता घटनामा अरु ५ सय २८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : ०५ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएलको फाइनलमा

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

आज २०८३ साल जेठ १३ गते बुधबारको राशिफल

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,