लघुवित्तमा ‘बेस रेट’ : वाणिज्य बैंकभन्दा पाँच प्रतिशत महँगो ब्याज  | Khabarhub Khabarhub

लघुवित्तमा ‘बेस रेट’ : वाणिज्य बैंकभन्दा पाँच प्रतिशत महँगो ब्याज 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लघुवित्तका लागि बेस रेट लागु हुने व्यवस्था गर्‍यो । गभर्नर डा. महाप्रसाद अधिकारीको चार वर्षे कार्यकालको अन्तिम मौद्रिक नीतिले लघुवित्तमा पनि आधार दर (बेस रेट) लागु गर्ने व्यवस्था गरेको हो ।
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको समीक्षामा ‘लघुवित्त वित्तीय संस्थाको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आबद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ’, भनिएको थियो ।

बेस रेट लागु हुने भएपछि लघुवित्तमा कार्यरत कर्मचारीदेखि लगानीकर्तासमेत राष्ट्र बैकसँग खुसी भए । लघुवित्तसम्बद्ध व्यक्तिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमा खुसी व्यक्त गरे । 

विगतदेखि लघुवित्तमा गरिरहेको बेस रेटको माग पूरा भएकाले खुसी भएको लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्तराज लम्साल बताउँछन् । 

‘यो त धेरै पहिलेदेखि उठाइरहेको कुरा थियो, बल्ल पूरा भएकाले खुसी छौँ’, लम्सालले भने, ‘हामीले त ७/८ वर्षदेखि भनिरहेको कुरा बल्ल अहिले लागु भएको छ ।’

लघुवित्तले प्राय वाणिज्य बैंकबाट ऋण लिएर गाउँ–गाउँमा सानो लगानी गर्ने गरेका हुन्छन् । लघुवित्तले बचत पनि उठाउने गरेका छन् । तर त्यो न्यून मात्रामा हुने भएकाले वाणिज्य बैंकबाट कर्जा लिएर वा अन्य कोषबाट लिएरै लगानी गरिएको हुन्छ। 

प्राय लघुवित्तले वाणिज्य बैंकहरुबाटै बढी कर्जा लिएका हुन्छन् । त्यसले गर्दा बैंकको ब्याजदर बढ्दा लघुवित्तको खर्च स्वत: वृद्धि हुन्छ ।

प्राय लघुवित्तले वाणिज्य बैंकहरुबाटै बढी कर्जा लिएका हुन्छन् । त्यसले गर्दा बैंकको ब्याजदर बढ्दा लघुवित्तको खर्च स्वत: वृद्धि हुन्छ ।

लघुवित्तको बेस रेट कसरी गणना गर्ने कुरा राष्ट्र बैंकले पत्राचार (सर्कुलर) गरिसकेको छैन । लघुवित्तको बेस रेट गणना हुने कुराको कार्यविधि नबनाएकाले अझै थप प्रावधान आउन बाँकी छ । तर, सामान्यत: लघुवित्त सञ्चालन खर्च, लिइएको कर्जाको खर्च, बचतमा लग्ने खर्च, राष्ट्र बैंकमा निःशुल्क राख्नुपर्ने पैसा (सीआरआर) र न्यूनतम प्रतिफल जोडिएपछि आधार दर कायम हुन्छ ।
 
त्यसैको आधारमा राष्ट्र बैंकले छुट्टै कार्यविधि बनाएर लघुवित्तको बेस रेटको विस्तृत विवरणसहित आगामी जेठ अगाडि नै सकुर्लर गर्छ । 

‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंकमा बेस रेट नै लागु भएकाले लघुवित्तमा पनि त्यही लागु गर्दा प्रतिस्पर्धा हुने अपेक्षा रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् लघुवित्त सुपरिवेक्षण विभागका प्रमुख विमलराज खनाल बताउँछन् । 

‘नियमन विभागले जे नियम बनाउँछ, त्यहीअनुसार हामीले नियमन गर्छौँ’, खनालले अगाडि भने ।

वाणिज्य बैंकभन्दा ५ प्रतिशत महँगो ब्याज 

वाणिज्य बैंकको बेस रेटमा ५ प्रतिशतसम्मको प्रिमियम (बैंकले लिने थप शुल्क) जोडेर ब्याज निर्धारण गर्न पाउने व्यवस्था छ । तर, लघुवित्तको कति प्रतिशत हुने भनेर राष्ट्र बैंकले तोकिसकेको अवस्था छैन ।

अहिले वाणिज्य बैंकको बेस रेट घटेको छ । यदि बेस रेट लागु भएमा लघुवित्तको ब्याजदर नबढ्ने पूर्वअध्यक्ष लम्साल बताउँछन् । ‘वाणिज्य बैंकको बेस रेट बढे हाम्रो पनि बढ्छ’, लम्सालले भने, ‘बैंकको १६ प्रतिशत हुँदा लघुवित्तको २० प्रतिशत ब्याज हुन सक्छ ।’ 

वाणिज्य बैंकको बेस रेटमा ५ प्रतिशतसम्मको प्रिमियम जोडेर ब्याज निर्धारण गर्न पाउने व्यवस्था छ । तर, लघुवित्तको कति प्रतिशत हुने भनेर राष्ट्र बैंकले तोकिसकेको अवस्था छैन ।

वाणिज्य बैंकको तुलनामा ५/६ प्रतिशत बढी ब्याजदर हुन सक्ने लम्साल बताउँछन् । ‘कुनैबेला बैंकको १६ प्रतिशत ब्याजदर थियो । तर त्यो बेला औसतमा १२/१३ प्रतिशत औसतमा ब्याजदर हुन्थ्यो’, लम्सालले भने, ‘त्यसो हुँदा हाम्रो १६/१७ प्रतिशत हुन्छ ।’ 

लघुवित्तमा बेस रेट लागु हुँदा व्यवसाय पारदर्शी हुने र लघुवित्तले ठगेको भनेर आउने गुनासो पनि रोकिने लम्सालको भनाइ छ । ‘महँगो ब्याजदर लिएको गुनासो पनि आउँदैन’, लम्सालले भने, ‘बेस रेट भए हाम्रो खर्चअनुसार यतिमा लगाएका हौँ भन्न पाइन्छ ।’ 

वाणिज्य बैंकको १२/१३ प्रतिशतमा कर्जा लिएर १५ प्रतिशतमा घाटामा लगानी गरेकोमा बेस रेट प्लस गर्ने बित्तिकै कायम हुँदा घाटा नभई एउटा निश्चित नाफा लघुवित्तको हुने लम्साल बताउँछन् । 

ग्राहकले लघुवित्त पनि छान्न पाउने सुविधा मिल्ने लम्साल बताउँछन् । ‘आज सबै लघुवित्तबाट कर्जा लिँदा १५ प्रतिशत ब्याज छ’, लम्सालले भने, ‘बेस रेट लागु हुँदा कतै १३ प्रतिशत त कतै १२ प्रतिशत हुनसक्छ ।’

लघुवित्तले पनि ग्राहक तान्न ब्याजदर घटाउने क्रम चल्न सक्ने लम्सालको अनुमान छ । ‘आजको दिनमा ब्याजदरसँग मतलब छैन । सबैतिर १५ प्रतिशत छ’, लम्सालले भने, ‘भोलि ग्राहकले ब्याजदर कति हो भनेर सोध्छन्, यस्तोमा १५ भन्दा अर्कोमा १४ मा दिएमा छान्ने विकल्प पाउँछन् ।’

बजारमा स्वस्थ प्रतिस्पर्धा हुने भएकाले एउटा लघुवित्तमा आबद्ध व्यक्ति अर्को लघुवित्तमा जान पाउने लम्साल बताउँछन् ।

बेस रेट कायम भएपछि ‘क’ ‘ख’ र ‘ग’ वर्गको बैंक जस्तै लघुवित्तको पनि परिभाषा हुने लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव बताउँछन् । बेस रेट लागु भएपछि बजारले ब्याजदर निर्धारण गर्ने अवस्था आउने यादवको तर्क छ ।

‘बजार जतातिर मुभ हुन्छ, ब्याजदर पनि त्यतैतिर जाने हुन्छ’, लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले भने, ‘हाम्रो कष्ट अफ फन्ड र सञ्चालन खर्च कम भए ब्याजदर सस्तो हुन्छ ।’

‘बजार जतातिर मुभ हुन्छ, ब्याजदर पनि त्यतैतिर जाने हुन्छ’, यादवले भने, ‘हाम्रो कष्ट अफ फन्ड र सञ्चालन खर्च कम भए ब्याजदर सस्तो हुन्छ नै ।’

बेस रेट कायम हुँदा ग्राहक र लघुवित्त व्यवसायीलाई राम्रो गर्ने यादव बताउँछन् । ‘अहिलेको अवस्थामा १५ प्रतिशत भन्दा कम ब्याज हुन सक्ने सम्भावना छ’, उनले भने । 

अहिले वाणिज्य बैंकको र लघुवित्तको ब्याजदरको फरक एकिन भन्न सक्ने अवस्था नरहेको यादव बताउँछन् । ‘यसमा राष्ट्र बैंकले काम गर्दै छ, अहिले कति हुन्छ भन्न सक्ने अवस्था छैन’, यादवले भने, ‘प्रिमियम कति राख्ने भन्ने कुरा छ ।’ तर, त्यसमा न्यूनतम ३ देखि ४ प्रतिशतसम्म फरक पर्न सक्ने यादवको अनुमान छ ।

‘क’ ‘ख’ र ‘ग’ वर्गको बैंकलाई दिएको प्रिमियमभन्दा लघुवित्तलाई बढी हुनुपर्ने अध्यक्ष यादवको तर्क छ । ‘प्रिमियम कति प्रतिशत हुनुपर्छ भनेर अहिले भन्न सकिँदैन । त्यसमा पनि हामी पनि प्रयासरत छौँ’, यादवले भने, ‘लघुवित्त संस्था चल्नुपर्‍यो । ग्राहक पनि मारमा नपर्ने प्रिमियम तोकिनु पर्छ ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : १९ बजे

स्वामिकार्तिक कार्यालयमा चार दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप

धनगढी – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी छ

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बलिउडमा काम पाउन छाडे नितिनले ! भन्छन्- ‘मेकरलाई काम माग्न मेसेज गर्छु’

काठमाडौं – नील नितिन मुकेस बलिउडका चर्चित कलाकार हुन् ।

ट्रम्पविरुद्ध खरो उत्रने को हुन् डेमोक्र्याट महिला ?

सन् १९८० को अन्त्यमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखायल