हत्या अभियोगमा फरार अभियुक्त बोहरा पक्राउ « Khabarhub

हत्या अभियोगमा फरार अभियुक्त बोहरा पक्राउ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धनगढी– हत्या अभियोगमा फरार रहेका कञ्चनपुर वेदकोट नगरपालिका– १ का ३४ वर्षीय उद्धव बोहरालाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला कार्य समितिका पूर्व सदस्य तथा महाधिवेशन प्रतिनिधि रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको अभियोग छ ।

एसपी जोशीले बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका– १ हात्तीथलामा देउसीभैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेको जानकारी दिए ।

तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएकोमा चक्र बोहरा पक्राउ परेका थिए । तर खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो ।

बोहरा पक्राउ परे पनि उक्त मुद्दाका अन्य चार जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले मंगलबार नै अन्य फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका– ६ बस्ने भानु डगौरा र कृष्णपुर नगरपालिका– १ का ईश्वर रावल रहेको एसपी जोशीले बताए ।

उनीहरु मध्ये डगौरालाई ज्यान सम्बन्धी मुद्दामा १७ भदौ २०८१ मा जिल्ला अदालतले ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो भने रावललाई मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइने छ ।

कञ्चनपुर प्रहरीले पछिल्लो एक महिनामा मात्र एक सय १८ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जनाएको छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : २७ बजे

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले