प्रधानमन्त्री ओलीलाई ‘हिटलर’को संज्ञा दिने युट्युबरको संसद् प्रवेश पास निलम्बन « Khabarhub

प्रधानमन्त्री ओलीलाई ‘हिटलर’को संज्ञा दिने युट्युबरको संसद् प्रवेश पास निलम्बन


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद् प्रवेश पास निलम्बन गरेको हो ।

केहि दिनअघि प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद सचिवालयले यस्तो कारवाही गरेको बुझिएको छ । 

संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद् भवन प्रवेशमा रोक लगाएको छ ।

गत फागुन ४ गतेको संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका युट्युबरले उत्तर नआएपछि हिटलरको संज्ञा दिएका थिए ।

त्यसपछि फागुन ५ गतेको संसद् बैठकमा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले पत्रकारहरूको प्रश्नबाट आजित भएको बताएका थिए ।

उनले पत्रकारहरूले परिचालित भएर जथाभावी प्रश्न गर्न थालेको भन्दै आपत्ति जनाएका थिए । थापाले मर्यादा, सामाजिक शिष्टाचार, कानुन र संविधान पनि ख्याल नगरी पत्रकारले प्रश्न गर्ने गरेको बताउँदै यसमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

फागुन ४ मा संसद् बैठकबाट निस्किने क्रममा पत्रकारहरूले प्रधानमन्त्रीलाई ‘तपाईं हिटलर हो’ भनेर प्रश्न गरेको बताए । उनले तिनै पत्रकारले आफूलाई ‘तपाईं हनुमान हो’ भनेर सोधिएको भन्दै आपत्ति जनाएका थिए । थापालाई एउटा युट्युब च्यालनका सञ्चालकले संसद् भवनमै केपी ओलीको हनुमान भनेर प्रश्न गरेका थिए ।

‘कसैद्वारा परिचालित ढंगले आरोपित गर्नेगरी प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म आफैंले पनि भोगेको छु । हिजो सम्मानीय प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएको प्रश्नप्रति मेरो ध्यानाकार्षण भएको छ । प्रधानमन्त्रीज्यू प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा ‘तपाईं हिटलर हो’ भनेर प्रश्न गरियो’, थापाले फागुन ५ मा भनेका थिए, ‘नेपालको संसद्ले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ? संसद् सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका पत्रकारले कानुन, संविधान, आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई यस्ता गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ?’

थापाले पत्रकारहरूलाई पत्रकार आचारसंहिताअनुसार नियमन गर्न पनि माग गरेका थिए । ‘संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम व्यवस्थित गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु’, उनले भनेका थिए, ‘मलाई नै एकजना मिडियाकर्मीले बुम तेर्स्याएर तपाईं हनुमान हो ? भनेर सोध्नु भयो । सांसदहरूलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म यसमा ध्यानाकार्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १२ : ०२ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर