काबुल विमानस्थलमा बम विस्फोट गराउने संदिग्ध पक्राउ परेको ट्रम्पको भनाइ « Khabarhub

काबुल विमानस्थलमा बम विस्फोट गराउने संदिग्ध पक्राउ परेको ट्रम्पको भनाइ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक लडाकुलाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

सन् २०२१ अगस्ट २६ मा अफगानिस्तानबाट भाग्ने प्रयासमा रहेका एक बम हमलाकारीले भिडको बीचमा विस्फोट गराएका थिए । सो विस्फोटमा करिब एक सय ७० अफगान र १३ अमेरिकी सैनिक मारिएका थिए । 

सन् २०२३ अप्रिलमा ह्वाइट हाउसले अफगानिस्तानको नयाँ तालिबान सरकारले गरेको कारबाहीमा आक्रमणको षड्यन्त्रमा संलग्न इस्लामिक स्टेटका एक अधिकारी मारिएको घोषणा गरेको थियो ।

मंगलबार दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केपछि संसदको संयुक्त सदनलाई आफ्नो पहिलो सम्बोधनमा ट्रम्पले पाकिस्तानले ‘त्यस अत्याचारका लागि जिम्मेवार शीर्ष आतंककारी’ को गिरफ्तारीमा सहयोग गरेको घोषणा गरे।

‘र उ अहिले अमेरिकी न्यायको तीव्र तरवारको सामना गर्न यहाँ आउँदै छ’, उनले आफ्ना पूर्ववर्ती जो बाइडेनको ‘अफगानिस्तानबाट विनाशकारी र अयोग्य फिर्ती’ प्रति कटाक्ष गर्दै भने।

उनले पाकिस्तानलाई ‘यस राक्षसलाई पक्राउ गर्न मद्दत गरेकामा’ धन्यवाद दिए तर सन्दिग्ध वा पक्राउ कारबाहीको कुनै विवरण दिएनन् ।

अमेरिकी समाचार प्लेटफर्म एक्सियोसको एक रिपोर्टले संदिग्धलाई जाफर पनि भनेर चिनिने अफगानिस्तान र पाकिस्तानमा इस्लामिक स्टेट शाखाका नेता मोहम्मद सरिफुल्लाह भनेर पहिचान गरेको छ ।

दुई अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले सरिफुल्लाहलाई पाकिस्तानबाट संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने प्रक्रियामा रहेको र बुधबार आइपुग्ने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १२ : ५८ बजे

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल