काबुल विमानस्थलमा बम विस्फोट गराउने संदिग्ध पक्राउ परेको ट्रम्पको भनाइ « Khabarhub

काबुल विमानस्थलमा बम विस्फोट गराउने संदिग्ध पक्राउ परेको ट्रम्पको भनाइ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक लडाकुलाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

सन् २०२१ अगस्ट २६ मा अफगानिस्तानबाट भाग्ने प्रयासमा रहेका एक बम हमलाकारीले भिडको बीचमा विस्फोट गराएका थिए । सो विस्फोटमा करिब एक सय ७० अफगान र १३ अमेरिकी सैनिक मारिएका थिए । 

सन् २०२३ अप्रिलमा ह्वाइट हाउसले अफगानिस्तानको नयाँ तालिबान सरकारले गरेको कारबाहीमा आक्रमणको षड्यन्त्रमा संलग्न इस्लामिक स्टेटका एक अधिकारी मारिएको घोषणा गरेको थियो ।

मंगलबार दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केपछि संसदको संयुक्त सदनलाई आफ्नो पहिलो सम्बोधनमा ट्रम्पले पाकिस्तानले ‘त्यस अत्याचारका लागि जिम्मेवार शीर्ष आतंककारी’ को गिरफ्तारीमा सहयोग गरेको घोषणा गरे।

‘र उ अहिले अमेरिकी न्यायको तीव्र तरवारको सामना गर्न यहाँ आउँदै छ’, उनले आफ्ना पूर्ववर्ती जो बाइडेनको ‘अफगानिस्तानबाट विनाशकारी र अयोग्य फिर्ती’ प्रति कटाक्ष गर्दै भने।

उनले पाकिस्तानलाई ‘यस राक्षसलाई पक्राउ गर्न मद्दत गरेकामा’ धन्यवाद दिए तर सन्दिग्ध वा पक्राउ कारबाहीको कुनै विवरण दिएनन् ।

अमेरिकी समाचार प्लेटफर्म एक्सियोसको एक रिपोर्टले संदिग्धलाई जाफर पनि भनेर चिनिने अफगानिस्तान र पाकिस्तानमा इस्लामिक स्टेट शाखाका नेता मोहम्मद सरिफुल्लाह भनेर पहिचान गरेको छ ।

दुई अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले सरिफुल्लाहलाई पाकिस्तानबाट संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने प्रक्रियामा रहेको र बुधबार आइपुग्ने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १२ : ५८ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको