‘जनै हराएको बाहुन’मा केकी र मिरुना, विजयको जोडी को ? « Khabarhub

‘जनै हराएको बाहुन’मा केकी र मिरुना, विजयको जोडी को ?


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल केन्द्रीय भूमिकामा रहने दोस्रो फिल्म ‘जनै हराएको बाहुन’ दुई नायिका केकी अधिकारी र मिरुना मगर अनुबन्ध भएका छन् । निर्माण पक्षसँग यी दुई नायिकाले कागजी सम्झौता गरिसकेका छन् ।

दुई नायिकाको प्रवेशपछि फिल्ममा कलाकारहरूको साइनअप बलियो बन्दै गएको छ । यसअघि नै नायक गौरव पहाडी र रेयर राई अनुबन्ध भइसेकका छन् ।

निर्माण पक्षका अनुसार दुवै नायिका भूमिका फिल्ममा राम्रो उपस्थिति जनाउने किसिमको छ । यद्यपि उनीहरूमध्ये को विजयको जोडी हुने कुरा गोप्य राखिएको छ ।

यससँगै फिल्ममा मुख्य कलाकार चयन पूरा भएको बुझिएको छ । विजय अहिले फिल्म ‘वरिष्ठ बलराम’को छायाङ्कनमा छन् । ‘वरिष्ठ बलराम’ छायाङ्कन सकिएपछि उनी यसको छायाङ्कनमा जोडिनेछन् ।

चैत अन्तिम साताबाट यस फिल्मको छायाङ्कन सुरू गर्ने योजनामा निर्देशक हिमाल न्यौपाने छन् । उनको यो डेब्यू निर्देशन हुनेछ ।

निर्माण पक्षका अनुसार यो फिल्मले आमाछोराबीचको भावनात्मक कथामा उठान गरेको छ । कथा आमाको सुखका लागि छोराले गर्ने संर्घषमा केन्द्रित छ ।

पेपरक्लिप प्रालिको ब्यानरमा बन्ने यस फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । छायाङ्कनअगावै यसको प्रदर्शन मिति आगामी तीज अर्थात् भदौ १० गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : २८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि