‘जनै हराएको बाहुन’मा केकी र मिरुना, विजयको जोडी को ? « Khabarhub

‘जनै हराएको बाहुन’मा केकी र मिरुना, विजयको जोडी को ?


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल केन्द्रीय भूमिकामा रहने दोस्रो फिल्म ‘जनै हराएको बाहुन’ दुई नायिका केकी अधिकारी र मिरुना मगर अनुबन्ध भएका छन् । निर्माण पक्षसँग यी दुई नायिकाले कागजी सम्झौता गरिसकेका छन् ।

दुई नायिकाको प्रवेशपछि फिल्ममा कलाकारहरूको साइनअप बलियो बन्दै गएको छ । यसअघि नै नायक गौरव पहाडी र रेयर राई अनुबन्ध भइसेकका छन् ।

निर्माण पक्षका अनुसार दुवै नायिका भूमिका फिल्ममा राम्रो उपस्थिति जनाउने किसिमको छ । यद्यपि उनीहरूमध्ये को विजयको जोडी हुने कुरा गोप्य राखिएको छ ।

यससँगै फिल्ममा मुख्य कलाकार चयन पूरा भएको बुझिएको छ । विजय अहिले फिल्म ‘वरिष्ठ बलराम’को छायाङ्कनमा छन् । ‘वरिष्ठ बलराम’ छायाङ्कन सकिएपछि उनी यसको छायाङ्कनमा जोडिनेछन् ।

चैत अन्तिम साताबाट यस फिल्मको छायाङ्कन सुरू गर्ने योजनामा निर्देशक हिमाल न्यौपाने छन् । उनको यो डेब्यू निर्देशन हुनेछ ।

निर्माण पक्षका अनुसार यो फिल्मले आमाछोराबीचको भावनात्मक कथामा उठान गरेको छ । कथा आमाको सुखका लागि छोराले गर्ने संर्घषमा केन्द्रित छ ।

पेपरक्लिप प्रालिको ब्यानरमा बन्ने यस फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । छायाङ्कनअगावै यसको प्रदर्शन मिति आगामी तीज अर्थात् भदौ १० गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : २८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने