रास्वपाको चेतावनी- कुलमानलाई लखेटे हजारौँ कुलमान आउँछन् « Khabarhub

रास्वपाको चेतावनी- कुलमानलाई लखेटे हजारौँ कुलमान आउँछन्


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी दिएका छन् । 

प्रतिनिधि सभाको बुधबार बसिरहेको बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा उपलब्ध गराएको समयमा बोल्दै उनले घिसिङलाई पदबाट हटाउनका लागि सरकारले गरिरहेको प्रयासको विरोधमा यस्तो चेतावनी दिएका हुन् ।

‘सार्वजनिक संस्थानमा राजनीतिक उपज के हुन्छ त्यो देखिराखेका छौँ । अर्कोतिर कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्‍याउनेहरूलाई हामीले मूल्यांकन जिरोमा गर्छौँ । र, उसलाई विभिन्न बहानामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर हामी निष्कासनको बहानाबाजी गरिरहेका छौँ,’ झाले भने, ‘विभिन्न परिपन्चहरू सिर्जना गरिराखेका छौँ । त्यसैले सरकारलाई खबरदार पनि भन्न चाहन्छौँ एउटा कुलमानलाई लेखट्यौँ भने हामी हजारौँ कुलमान लिएर आउने छौँ ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : ३६ बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस