यस्तो छ फिल्म ‘श्री बुकुरो’को दोस्रो टिजर « Khabarhub

यस्तो छ फिल्म ‘श्री बुकुरो’को दोस्रो टिजर


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशन रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले बुधबार एक मिनेट ४६ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमार्फत् फिल्मको कथाबारे जानकारी दिइएको छ । कलाकार लक्ष्मी गिरीको संवादले फिल्मले पारिवारिक कथा उठान गरेको बुझ्न सकिन्छ ।

उनले भन्छिन्, ‘मेरो नाम देवी । अहिले आमा भएकी छु । यो आमाको कथा हो । बाँकी आँसुको कथा हो । बाँकी हाँसोको कथा हो । बाँकी सम्झनाको कथा हो । बाँकी सपनाको कथा हो । बाँकी मायाको कथा हो । घरको कथाको हो, श्री बुकुरोको ।’

‘बुकुरो’को शब्दिक अर्थ ‘झुपडी’ हो । नाम र टिजरले फिल्मले एक झुपडीको भवनात्मक कथा भन्ने संकेत गरेको छ ।

फिल्ममा टिजरमा फिल्मका मुख्य कलाकार आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य लगायतले स्थान पाएका छन् ।

फिल्ममा उनीहरुसहित प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौलालगायतको अभिनय रहने बताइएको छ ।

सुदीप ७ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन् । यस फिल्मको कथा उनी आफैँले लेखेका हुन् । उनले यसअघि फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए । यस फिल्मको छायाङ्कन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो ।

टिजरमा फिल्मको प्रदर्शन मितिबारे जानकारी दिइएको छैन । फिल्म रेञ्जको ब्यानरमा बनेको यस फिल्मको निर्माता रुवि सेन सिंह हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ४६ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम