यस्तो छ फिल्म ‘श्री बुकुरो’को दोस्रो टिजर « Khabarhub

यस्तो छ फिल्म ‘श्री बुकुरो’को दोस्रो टिजर


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशन रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले बुधबार एक मिनेट ४६ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमार्फत् फिल्मको कथाबारे जानकारी दिइएको छ । कलाकार लक्ष्मी गिरीको संवादले फिल्मले पारिवारिक कथा उठान गरेको बुझ्न सकिन्छ ।

उनले भन्छिन्, ‘मेरो नाम देवी । अहिले आमा भएकी छु । यो आमाको कथा हो । बाँकी आँसुको कथा हो । बाँकी हाँसोको कथा हो । बाँकी सम्झनाको कथा हो । बाँकी सपनाको कथा हो । बाँकी मायाको कथा हो । घरको कथाको हो, श्री बुकुरोको ।’

‘बुकुरो’को शब्दिक अर्थ ‘झुपडी’ हो । नाम र टिजरले फिल्मले एक झुपडीको भवनात्मक कथा भन्ने संकेत गरेको छ ।

फिल्ममा टिजरमा फिल्मका मुख्य कलाकार आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य लगायतले स्थान पाएका छन् ।

फिल्ममा उनीहरुसहित प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौलालगायतको अभिनय रहने बताइएको छ ।

सुदीप ७ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन् । यस फिल्मको कथा उनी आफैँले लेखेका हुन् । उनले यसअघि फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए । यस फिल्मको छायाङ्कन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो ।

टिजरमा फिल्मको प्रदर्शन मितिबारे जानकारी दिइएको छैन । फिल्म रेञ्जको ब्यानरमा बनेको यस फिल्मको निर्माता रुवि सेन सिंह हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ४६ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार