संसदमा रास्वपाको प्रश्न : के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ? « Khabarhub

संसदमा रास्वपाको प्रश्न : के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ?


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ? भनेर प्रश्न गरेका छन् । 

खनालले बुधबारको प्रतिनिधि सभा बैठकमा यस्तो प्रश्न गरेका हुन । उनले प्रधानमन्त्री ओलीलाई तपाईँ हिटर हो भन्ने प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास सङ्घीय सांसदले निलम्बन गरेको कुरा राखे । 

‘प्रश्न सोधेकै आधारमा पत्रकार आज निलम्बन गरेछ । संसद् निरन्तर सत्ताको छाया बन्दै छ। हिटलर बन्दुकको नालबाट आएका थिएनन् चुनावबाटै आएका थिए।’ उनले भने, ‘उनी सरकारमा गएका बेला लोकतान्त्रिक अधिकारहरू कटौती गरी निरकुंश बने अहिलेको सरकार पनि त्यही गर्दै छ। अब मेरो प्रश्न के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ’ 

यसअगाडि पनि रास्वपा कै सांसद सांसद शिव नेपालीले  प्रधानमन्त्रीलाई लोकतन्त्र मन नपर्ने बताएका थिए । उनले प्रश्न गर्ने मान्छे मन नपराउनु लोकतन्त्रको उपहास भएको बताए । 

‘लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाक स्वतन्त्रता । तर, यो लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीलाई लोकतन्त्र मन पर्दैन,’ सांसद नेपालीले भने, ‘किनकि उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ३४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल