संसदमा रास्वपाको प्रश्न : के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ? « Khabarhub

संसदमा रास्वपाको प्रश्न : के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ?


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ? भनेर प्रश्न गरेका छन् । 

खनालले बुधबारको प्रतिनिधि सभा बैठकमा यस्तो प्रश्न गरेका हुन । उनले प्रधानमन्त्री ओलीलाई तपाईँ हिटर हो भन्ने प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास सङ्घीय सांसदले निलम्बन गरेको कुरा राखे । 

‘प्रश्न सोधेकै आधारमा पत्रकार आज निलम्बन गरेछ । संसद् निरन्तर सत्ताको छाया बन्दै छ। हिटलर बन्दुकको नालबाट आएका थिएनन् चुनावबाटै आएका थिए।’ उनले भने, ‘उनी सरकारमा गएका बेला लोकतान्त्रिक अधिकारहरू कटौती गरी निरकुंश बने अहिलेको सरकार पनि त्यही गर्दै छ। अब मेरो प्रश्न के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ’ 

यसअगाडि पनि रास्वपा कै सांसद सांसद शिव नेपालीले  प्रधानमन्त्रीलाई लोकतन्त्र मन नपर्ने बताएका थिए । उनले प्रश्न गर्ने मान्छे मन नपराउनु लोकतन्त्रको उपहास भएको बताए । 

‘लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाक स्वतन्त्रता । तर, यो लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीलाई लोकतन्त्र मन पर्दैन,’ सांसद नेपालीले भने, ‘किनकि उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ३४ बजे

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको

स्थानीयले बन्द गरे बालाजु बाइपास सडक (तस्बिरहरू)

काठमाडौं– एक महिना अघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

प्रतिनिधिसभा निर्वाचनका लागि अब ९० दिन बाँकी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि