उदयपुर सिमेन्ट उद्योगका अवकाशप्राप्त कर्मचारीलाई सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा « Khabarhub

उदयपुर सिमेन्ट उद्योगका अवकाशप्राप्त कर्मचारीलाई सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
   
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले अवकाशको तीन वर्षसम्म कर्मचारीहरूले सुविधाबापत पाउने रकम उपलब्ध नगराएको भन्दै माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्  ।
   
‘सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरूले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरूले पैसा पाउँछन् ‘, उनले प्रश्न गरे ।  
   
सांसद झाले राजनीतिक नियुक्तिले सार्वजनिक संस्थानहरू प्रभाव भएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गरेको आरोप लगाए ।

यो पनि पढ्नुहोस् :

रास्वपाको चेतावनी- कुलमानलाई लखेटे हजारौँ कुलमान आउँछन्
   
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले आन्दोलनरत वन उपभोक्ता महासङ्घको माग सम्बोधनका लागि ध्यानाकर्षण गराए ।
   
उनले वन पैदावरको प्रयोग सही ढङ्गले गर्न सक्दा आयातलाई घटाएर निर्यात गर्ने क्षमता देशसँग भएको प्रसङ्ग उल्लेख गर्दै आन्दोलनलाई वार्तामार्फत निकास दिन आग्रह गरे  ।
   
सांसद गैरेले शिक्षक महासङ्घले विगतमा सरकारसँग गरेको सम्झौता कार्यान्वयनको समेत माग गरे ।
 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ०३ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका