उदयपुर सिमेन्ट उद्योगका अवकाशप्राप्त कर्मचारीलाई सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा « Khabarhub

उदयपुर सिमेन्ट उद्योगका अवकाशप्राप्त कर्मचारीलाई सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
   
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले अवकाशको तीन वर्षसम्म कर्मचारीहरूले सुविधाबापत पाउने रकम उपलब्ध नगराएको भन्दै माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्  ।
   
‘सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरूले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरूले पैसा पाउँछन् ‘, उनले प्रश्न गरे ।  
   
सांसद झाले राजनीतिक नियुक्तिले सार्वजनिक संस्थानहरू प्रभाव भएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गरेको आरोप लगाए ।

यो पनि पढ्नुहोस् :

रास्वपाको चेतावनी- कुलमानलाई लखेटे हजारौँ कुलमान आउँछन्
   
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले आन्दोलनरत वन उपभोक्ता महासङ्घको माग सम्बोधनका लागि ध्यानाकर्षण गराए ।
   
उनले वन पैदावरको प्रयोग सही ढङ्गले गर्न सक्दा आयातलाई घटाएर निर्यात गर्ने क्षमता देशसँग भएको प्रसङ्ग उल्लेख गर्दै आन्दोलनलाई वार्तामार्फत निकास दिन आग्रह गरे  ।
   
सांसद गैरेले शिक्षक महासङ्घले विगतमा सरकारसँग गरेको सम्झौता कार्यान्वयनको समेत माग गरे ।
 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ०३ बजे

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर

धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’

भोजपुर– यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः

फोरियो खुलामञ्चको स्वरुप, सर्वसाधारणले घुम्न पाउने

काठमाडौं– काठमाडौंको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

तानसेन– विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

दमौली– जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क)