साइबर आक्रमणबारे फेरि बोले दीपक, भन्छन्– दशैँदेखि सुरू भएको प्रथा | Khabarhub Khabarhub

साइबर आक्रमणबारे फेरि बोले दीपक, भन्छन्– दशैँदेखि सुरू भएको प्रथा


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै बेला एकसाथ दुई नेपाली फिल्म हलमा लाग्दा ठूलो विषय बन्थ्यो । अहिले दुई फिल्म एकसाथ प्रदर्शनमा आउनु सामान्य भएको छ ।

अहिले फिल्मीवृतमा एक भनाइ स्थापित छ, ‘सोलो रिलिजका लागि मिति नै छैन ।’

यो भनाइको मान्यता हो- व्यवसायिक हिसाबले लामो बिदालाई फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । धेरै फिल्म बन्ने गरेकाले बिदाको मिति फिल्म प्रदर्शनमा ल्याउन दुई वा दईभन्दा बढी मेकर अग्रसर हुन्छन् ।

फिल्म क्षेत्रका जानकार र विश्लेषकहरूले नै अहिलेको समयमा दुई फिल्म प्रदर्शनमा आउनु सामान्य मान्दै आएका छन् ।

यो वर्ष एकै मितिमा तीन फिल्मसम्म प्रदर्शनमा आए । दशैँमा फिल्महरू ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ । यो शिवरात्रि अर्थात् फागुन १४ गते फिल्महरु ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा आयो ।

यसरी एकभन्दा बढी फिल्म प्रदर्शनमा आउँदा हलमा मात्रै नभएर प्रचारमा पनि प्रतिस्पर्धा भएको पाइन्छ । प्रचारमा एक पक्षले अर्को पक्षलाई दुश्प्रचार गरेको समेत पाइन्छ । ‘साइबर सेना’ल लगाएर एक फिल्मले अर्को फिल्मलाई खेदिएको घटना पनि छन् ।

कलाकार दीपकराज गिरी पनि यसका पीडित हुन् । उनको फिल्म ‘छक्का पञ्जा–५’ प्रदर्शनमा आउँदा ‘१२ गाउँ’का समर्थकले सामाजिक सञ्जालमा उनको टिमलक्षित नकारात्मक टिप्पणी गरेका थिए ।

आफ्नो फिल्मबारे भएका नकारात्मक टिप्पणी नियोजित रहेको दीपकको बुझाइ छ ।

फिल्म सफल भएपछि दीपकले साइबर आक्रमणबारे मुख खोलेका थिए । उनले एक अन्तवार्तामा निर्माता सन्तोष सेनलाई साइबर सेना कमान्डरको संज्ञा दिएका थिए ।

यो पनि : दीपक र प्रकाशलाई सन्तोषको ‘काउन्टर’ : दर्शकलाई अपराधी बनाउने घटिया आरोप

यसरी साइबर आक्रमणमा पर्नेमा दीपक एक्लो होइनन् । नायिका निता ढुङ्गाले पनि आफ्नो फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आउँदा साइबर आक्रमणमा परेको महसुस भएको बताएकी थिइन् ।

साइबर आक्रमणको पछिललो उदाहरण निर्देशक निश्चल बस्नेत हुन् । उनले फागुन १४ अर्थात् महाशिवरात्रिमा प्रदर्शनमा आएका तीन फिल्ममध्ये दुई ‘रेशम फिलिली’ र ‘लाज शरणम्’लाई शुभकामना दिए ।

कुनै फिल्मलाई शुभकामना दिने व्यक्तिको निजी कुरा हो । तर, मायावीलाई शुभकामना नदिएकै कारण उनले सामाजिक सञ्जालमा गाली खानु पर्‍यो ।

यी सबै उदाहरणले के स्पष्ट हुन्छ भने– फिल्मले हलमा प्रतिस्पर्धा गर्दा एकले अर्को पक्षलाई सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने प्रवृति विकास भएको छ ।

केही फिल्मले नियोजित रुपमै साइबर सेना खटाउने गरेका छन् । आफ्नो फिल्म राम्रो देखाउन अर्को फिल्मलाई नराम्रो टिप्पणी गराउन ती साइबर सेनाको प्रयोग भएको पाइन्छ ।

यिनै विषयलक्षित गरी कलाकार दीपकराजले बुधबार सामाजिक सञ्जालमा एक टिप्पणी लेखेका छन् । ‘आजकाल एउटा चलचित्रले अर्को चलचित्रको दुश्प्रचारमा मिहिनेत गर्न थालेको देखियो’, उनले गुनासो गरेका छन् ।

उक्त टिप्पणीमा उनले आफ्नो फिल्म ‘छक्का पञ्जा-५’ माथि साइबर आक्रमण भएको संकेत गर्दै यसले फिल्म क्षेत्रमा पार्ने असरबारे चासो राखेका छन् । उनले अगाडि लेखेका छन्, ‘दशैँदेखि सुरु भएको यो प्रथाले उद्योगलाई कहाँ पुर्‍याउने होला ?’

हेर्नुस् दीपकको टिप्पणी :

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ४१ बजे

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका