संसद्‍मा रिसाए सञ्चारमन्त्री, विपक्षीलाई सोधे- योगमायालाई विदुषी नभनेर मुर्ख भनौँ त ?  « Khabarhub

संसद्‍मा रिसाए सञ्चारमन्त्री, विपक्षीलाई सोधे- योगमायालाई विदुषी नभनेर मुर्ख भनौँ त ? 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा विपक्षी सांसदहरूले योगमाया आयुर्वेद विश्वविद्यालयको नाम फेरेको विषयमा  प्रश्न उठाएपछि सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुम्बा गुरुङ रिसाएका छन् । 

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा, एकीकृत समाजवादीका सांसद भानुभक्त ढकाल, रास्वपा सांसद शिशिर खनाल लगायतले प्रश्न उठाएपछि जवाफ दिने क्रममा सुब्बा उल्टै प्रश्नमा उत्रिए ।

बुधबारको बैठकमा उनले हिमालय नभनेर हामी मरुभूमि भनौँ त ? भनेरसमेत प्रश्न गरे । 

‘योगमायालाई विदुषी नभनेर मूर्ख भनौँ त ? योगमाया चाहिँ हिमालय नभनेर हामी मरुभूमि भनौँ त?’, मन्त्री गुरुङले भने, त्यस्तो त हुँदैन होला नि । विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको काम अगाडि  बढेको छ । यो प्रावधानले सबैलाई समेटेर गरिमा बढाउँछ । हिमालय भनेको धेरै संस्था होलान् । तर राजनीतिमा यसले काम गर्दैन ।’ 

उनले कुनै कम्पनीको नाममा नाम जुध्न गए संयोग मात्रै भएको बताए । उनले यसमा विरोध जनाउनुपर्ने कारण नभएको बताए । 

पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा बन्न लागेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको काम अघि बढेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ३४ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा