संसद्‍मा रिसाए सञ्चारमन्त्री, विपक्षीलाई सोधे- योगमायालाई विदुषी नभनेर मुर्ख भनौँ त ?  « Khabarhub

संसद्‍मा रिसाए सञ्चारमन्त्री, विपक्षीलाई सोधे- योगमायालाई विदुषी नभनेर मुर्ख भनौँ त ? 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा विपक्षी सांसदहरूले योगमाया आयुर्वेद विश्वविद्यालयको नाम फेरेको विषयमा  प्रश्न उठाएपछि सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुम्बा गुरुङ रिसाएका छन् । 

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा, एकीकृत समाजवादीका सांसद भानुभक्त ढकाल, रास्वपा सांसद शिशिर खनाल लगायतले प्रश्न उठाएपछि जवाफ दिने क्रममा सुब्बा उल्टै प्रश्नमा उत्रिए ।

बुधबारको बैठकमा उनले हिमालय नभनेर हामी मरुभूमि भनौँ त ? भनेरसमेत प्रश्न गरे । 

‘योगमायालाई विदुषी नभनेर मूर्ख भनौँ त ? योगमाया चाहिँ हिमालय नभनेर हामी मरुभूमि भनौँ त?’, मन्त्री गुरुङले भने, त्यस्तो त हुँदैन होला नि । विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको काम अगाडि  बढेको छ । यो प्रावधानले सबैलाई समेटेर गरिमा बढाउँछ । हिमालय भनेको धेरै संस्था होलान् । तर राजनीतिमा यसले काम गर्दैन ।’ 

उनले कुनै कम्पनीको नाममा नाम जुध्न गए संयोग मात्रै भएको बताए । उनले यसमा विरोध जनाउनुपर्ने कारण नभएको बताए । 

पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा बन्न लागेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको काम अघि बढेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ३४ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण