बागलुङ पुगेका पूर्वराजाले कालिका भगवतीमा गरे पूजा-अर्चना « Khabarhub

बागलुङ पुगेका पूर्वराजाले कालिका भगवतीमा गरे पूजा-अर्चना


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार कालिका भगवती मन्दिर बागलुङमा पूजा–अर्चना गरेका छन् ।  

बुधबार शाहले कालिका मन्दिरमा पुगेर दर्शन तथा पूजापाठ गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकहरूले स्वागत गरेका छन् ।

उनीहरूले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस’, लगायतका नारा लगाएका थिए ।

पूर्वराजा शाहले आफ्ना शुभेच्छुकसँग संवादसमेत गरेका थिए ।

उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ५४ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण