लागूऔषध कारोबार मुद्दामा पाल्हीनन्दनका अध्यक्ष गुप्ता दोषी ठहर, सजाय तोक्न बाँकी | Khabarhub Khabarhub

लागूऔषध कारोबार मुद्दामा पाल्हीनन्दनका अध्यक्ष गुप्ता दोषी ठहर, सजाय तोक्न बाँकी


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ लागूऔषध कारोबारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको हो ।

अदालतका सूचना अधिकारी एवम् शाखा अधिकृत भेषराज खनालले पालिका अध्यक्ष गुप्तासहित दुईजनालाई दोषी ठहरेको जानकारी दिए ।

‘अदालतले मंगलबार पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तासहितलाई दोषी ठहर गरेको छ’, खनालले भने, ‘दोषी ठहर भएकाहरूको सजाय निर्धारण गर्न भने बाँकी छ । सजाय निर्धारणका लागि पेश गर्न पनि आदेश भएको छ ।’

२०७९ असोज २४ गतेदेखि अघि बढेको यो मुद्दाको छिनोफानो अदालतले ५७ औँ पेशीमा टुंगो लगाएको हो ।

यस मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तासहित जितेन्द्र पासवान, रघुनाथप्रसाद धोबी, रामा गुप्ता भन्ने रामा साह र मन्टु भन्ने विवेकप्रसाद पाण्डे विपक्षी थिए । जसमध्ये गाउँपालिका अध्यक्ष गुप्तासहित दुई जना लागूऔषध कारोबारसम्बन्धी मुद्दामा कसुरदार ठहर भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले २०७९ असोजमा ९०/९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो ।

गुप्ताले २०७९ वैशामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । अध्यक्षमा विजयी माओवादी केन्द्रका गुप्ताले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धि नेपाली कांग्रसका उम्मेदवार राजेन्द्र साहनीको पक्षमा ३ हजार ८ सय ६५ मत परेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : ३९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास