आफू खुसी बजेट छुट्याउने प्रवृत्ति अन्त्य गर्न आयोजना बैंकको कार्यविधि : मुख्यमन्त्री कार्की « Khabarhub

आफू खुसी बजेट छुट्याउने प्रवृत्ति अन्त्य गर्न आयोजना बैंकको कार्यविधि : मुख्यमन्त्री कार्की


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफू खुसी योजनामा बजेट छुट्याउने प्रवृत्तिलाई अन्त्य गर्न र प्राथमिकताका आधारमा विकास निर्माणका कार्य सम्पन्न गराउन आयोजना बैंकको कार्यविधि ल्याइएको बताएका छन् ।  

प्रदेश योजना आयोगले बुधबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय आयोजना तर्जुमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आयोजना बैंकमा रहेका योजनाहरू प्राथमिकताका आधारमा सम्पन्न गर्दै लैजान सकिने भएकाले योजना छनौटमा व्यापक छलफल हुने बताए । 

उनले योजना छनौट गर्ने विधि, प्रक्रिया र पद्धति विकास गर्न सकिए मात्र आवश्यकता, औचित्य र प्राथमिकताका आधारमा योजनाहरू सम्पन्न गर्न सकिने धारणा राखे ।  

अन्तर्क्रिया कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले एउटै योजनामा संघ, प्रदेश र स्थानीय सरकारको लगानी दोहोरिने सम्भावना न्यून गर्न पनि आयोजना बैंक आवश्यक रहेको बताए । आयोजना बैंकको कार्यविधि बारे प्रदेश सांसदहरू बीच छलफल आवश्यक रहेको उनले बताए ।  

कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ देखि २ करोड सम्मका योजनाहरू छनौट गरी आयोजना बैंकमा राख्न आयोजना बैंकको कार्यविधि बनाएको छ । 

प्रत्येक वर्षको पौष मसान्त सम्म योजनाहरू माग गर्ने र प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ०४ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका