प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत | Khabarhub Khabarhub

प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयहरूमा प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेसमेत निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

बैठकको निर्णयअनुसार कवीन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोकबहादुर सुनारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा र दुर्गालक्ष्मी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

बैठकले प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा विधेयकको अवधारणा पत्र माथि सैद्धान्तिक सहमति प्रदान गर्ने, तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : २२ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक