अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ : प्रचण्ड | Khabarhub Khabarhub

अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ : प्रचण्ड


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका छन् ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानको क्रममा महोत्तरीको मटिहानीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष प्रचण्डले झापाबाट सुरु गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौं जनतामा उत्साह सिर्जना गरेको र कन्चनपुरसम्म पुग्दा दशौं लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत गरेको बताए।

उनले पार्टीको अभियानले तराई मधेसमा सिर्जना गरेको जनलहरले अन्य राजनीतिक दलहरुमा आतंक सिर्जना सुरु भएको बताए । आफूलाई ठूला भन्ने दल र आफूलाई मधेसी समुदायको मसिहा ठान्ने दलहरु माओवादीको यो अभियानबाट आत्तिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट जनतामा भने जागरणको लहर सिर्जना गरेको बताए।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए । उनले नेपालमा तीन सय वर्षअघि संस्थागतरुपमा शिक्षाको सुरु भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताए ।

सो क्रममा माओवादी केन्द्रमा प्रवेश गर्ने जसपा नेपालका नेता नवीनकुमार महतोलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । भोलि दिनभरि अभियान महोत्तरीको हुलाकी मार्ग आसपासका पालिकाहरुमा केन्द्रित हुने छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : ४७ बजे

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब