छोराको हत्या अभियोगमा दम्पती पक्राउ « Khabarhub

छोराको हत्या अभियोगमा दम्पती पक्राउ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निगरानीमा उपचार भइरहेको उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनीहरुमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । पारिवारिक विवादमा कुटाकुट हुँदा तिनै जना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

ब्लोन दम्पतीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । भक्तपुर प्रहरीको निगरानीमा उपचार गराएका उनीहरुलाई आज मकवानपुर ल्याइएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । “कुटपिटकै कारण मृत्यु भएको भन्ने आरोप छ”, प्रहरीप्रवक्ता अर्यालले भने, “पहिला हामी उहाँहरुको स्वाथ्यस्थिति हेर्छौं । त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढ्छ ।”

छोरा र बाबुआमाबीच सम्पत्ति भागबण्डाका विषयमा प्रायः घरझगडा पर्दै आएको प्रहरीले जनाएको छ । झगडा भएको थाहा पाएपछि छिमेकीहरुले इलाका प्रहरी कार्यालय, सिस्नेरीलाई खबर गरेका थिए ।

प्रहरी पुग्दा भरतकुमार अचेत अवस्थामा थिए भने ब्लोन दम्पती घाइते अवस्थामा भेटिएपछि प्रहरीकै गाडीमा राखेर उनीहरुलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : २३ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल