दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा « Khabarhub

च्याम्पियन्स ट्रफी

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १२ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेभिड मिलरले १०० रनको योगदान दिए पनि जितका पर्याप्त भएन । त्यस्तै रासी भान डेर डुसेनले ६९ रन जोड्दा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए ।

न्युजिल्याण्डका मिचेल स्यान्टनरले तीन विकेट लिँदा ग्लेन फिलिप्स र म्याट हेनरीको नाममा दुई दुई विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६२ रन बनाएको थियो । यो च्याम्पियन ट्रफीको हालसम्मकै ठूलो स्कोर हो ।

न्युजिल्याण्डका रचिन रवीन्द्र र केन विलियमसनले शतकीय इनिङ्स खेले । रवीन्द्रले १०८ रन बनाउँदा विलियमसनले १०२ रन बनाए । त्यस्तै ग्लेन फिलिप्सले नट आउट ४९ रन बनाए । डेरल मिचेलले ४९ रन, माइकल ब्रेसवेलले १६ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले ३ विकेट लिए । त्यस्तै कागिसो रबाडाले २ तथा वियान मुल्डरले १ विकेट लिए ।

आइतबार हुने फाइनलमा न्युजिल्याण्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ११ : ११ बजे

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्