आज २०८१ साल चैत २३ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल चैत २३ गते शनिबारको राशिफल


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २३ गते शनिबार चैत शुक्ल पक्षको अष्टमी तिथि। चैत दशैँ। गोरखकाली पूजा। तदनुसार सन् २०२५ अप्रिल ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। सहकार्यमा गरेको व्यापारबाट घाटा हुने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा मन आकर्षित भएको छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। बोल्दा तीन पटक सोचेर बोल्नुपर्नेछ।

मिथुन : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुसँग छोटो दूरीको यात्रा तय हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। तपाईंको श्रमको मूल्य अरुले लिने जोखिम छ। राजनीतिक क्षेत्रमा विपक्षीसँग विवाद बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंह : आम्दानीका स्रोत सहज बनेका छन्। परिवारबाट सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। राजनीतिमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। घर भित्र भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यले साथ दिँदा मन खुशी बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मनमा नयाँनयाँ विचारको उदय हुनेछ। प्रतिभाको प्रदर्शन गर्नुपर्ने समय छ। विपक्षी शान्त भएकाले काम गर्न सहज वातावरण बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। बिहान उठेर पिपलको दर्शन गर्नुहोला। पश्चिमको लामो दूरीको यात्रा नगर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। दान दक्षिणा गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : दिन सहज छ। तपाईंको काममा हस्तक्षेप हुनेछ। अप्ठेरो परिस्थितिमा साथीले साथ दिनेछन्। कृषि क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन जोखिमपूर्ण भएकाले ठुलो योजना नबनाउनु उचित हुनेछ। राजनीतिक क्षेत्रका साथीले तपाईंलाई धोका दिने जोखिम छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। अप्ठेरो परिस्थिति भएकाले साथीसँग बचेर काम गर्नुपर्नेछ।

कुम्भ : आज मन अशान्त बनाएर अगाडि बढ्नुपर्ने दिन छ। सानो कुराले ठुलो तनाव हुने जोखिम छ। बौद्धिक व्यक्तिलाई समय दिएमा मन शान्त बन्नेछ। प्राविधिक शिक्षामा लगानी गरेमा फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्न सके दिन सहज बन्नेछ।

मीन : आज तपाईंको मन अशान्त बन्नसक्छ। संकटमा संयमता अपनाउनुपर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। ठुला व्यक्तिको सम्मान गर्न सके महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ५ : ०२ बजे

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा

फिल्म हल आजदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म

यी भूभागमा मध्यमदेखि भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीमा विवाद : मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं – एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ।