शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ०८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५० रुपियाँ ३९ पैसा र बिक्रीदर १५१ रुपियाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ८४ पैसा र बिक्रीदर १७७ रुपियाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपियाँ २४ पैसा र बिक्रीदर १६० रुपियाँ ९४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपियाँ ५२ पैसा र बिक्रीदर ८२ रुपियाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ७९ पैसा र बिक्रीदर ९६ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ४७ पैसा र बिक्रीदर १०१ रुपियाँ ९१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ६९ पैसा र बिक्रीदर १८ रुपियाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २६ पैसा र बिक्रीदर ३६ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर चार रुपियाँ, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०५ पैसा र बिक्रीदर ३७ रुपियाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६७ पैसा र बिक्रीदर ३० रुपियाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६९ पैसा र बिक्रीदर १३ रुपियाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १५ पैसा र बिक्रीदर २० रुपियाँ २४ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपियाँ ०५ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ५ : ५६ बजे

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक