जेलेन्स्कीको गृह नगरमा रुसी आक्रमण : १६ जनाको मृत्यु « Khabarhub

जेलेन्स्कीको गृह नगरमा रुसी आक्रमण : १६ जनाको मृत्यु


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

युक्रेन- युक्रेनी राष्ट्रपति भालोदोमिर जेलेन्स्कीको गृह नगरमा भएको रुसको भीषण मिसाइल आक्रमणका कारण १६ जनाको ज्यान गएको छ। क्रिभी रिइमा शुक्रबार भएको आक्रमणमा मर्नेमा ६ जना बालबालिका छन्। ५० वटा घर भत्किएका छन्। जेलेन्स्कीकै अनुसार मिसाइल घर घरमा नै लक्षित गरेर प्रहार गरिएको थियो।

जेलेन्स्कीका अनुसार रुसले शुक्रबार खेर्सनमा रहेको ऊर्जा केन्द्रमा लक्षित गरेर आक्रमण गरेको थियो। जेलेन्स्कीले यो आक्रमणलाई घृणाजन्य बताएका छन्। आक्रमणपछि प्रतिक्रिया दिँदै रुसी रक्षा मन्त्रालयले युक्रेन र पश्चिमा देशको वार्ता रोक्नकै लागि यो आक्रमण गरिएको बताएका छन्।

क्रिभी रिइको रेस्टुरेन्टका युक्रेनी कमान्डर तथा पश्चिमा अधिकारीबीच वार्ता भएका कारण आक्रमण गरिएको समेत रुसी रक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ८ : ११ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको