रवि गृहमन्त्री हुँदाको अवस्था सम्झन रास्वपालाई एमाले महासचिवको सुझाव | Khabarhub Khabarhub

रवि गृहमन्त्री हुँदाको अवस्था सम्झन रास्वपालाई एमाले महासचिवको सुझाव


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपालाई सभापति रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था सम्झन सुझाव दिएका छन् ।

पोखरेलले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत रविको गिरफ्तारीलाई संकेत गर्दै प्रहरीको पूर्जी काट्ने ‘रिति र थिति’ पुरानै रहेको स्मरण गराएका हुन् ।

उनले लेखेका छन्– ‘प्रहरीको पूर्जी काट्ने ‘रिति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरुलाई थाहा नहुने कुरै भएन । तर पनि ‘सुधार’को खोजि यस्तै बेलामा हुने त हो नि !?’

रास्वपा सभापति लामिछानेलाई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीले हिजो साँझ उनकै निवास हेपाली हाइटबाट पक्राउ गरेको थियो ।

रविको पक्राउलाई लिएर रास्वपाले सभापति रविको घरको बेडरुममा पसेर प्रहरीले पुर्जी लेख्ने अनौठो अभ्यास गरेको भन्दै विधिको शासनमा उक्त कार्य क्षम्य नहुने प्रतिक्रिया दिएको थियो ।

रास्वपाको सोही प्रतिक्रियाको जवाफमा महासचिव पोखरेलको उक्त स्टाटस आएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ०४ बजे

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको