नेपाल बारको नयाँ नेतृत्वका लागि मतदान जारी (तस्बिरहरू) | Khabarhub Khabarhub

नेपाल बारको नयाँ नेतृत्वका लागि मतदान जारी (तस्बिरहरू)


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।

कार्यसमिति अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजयप्रसाद मिश्र र व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यस्तै, अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलको समेत उम्मेदवारी रहेको छ ।

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जनागरी पाँचजनाको उम्मेदवारी छ ।

काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका छन् । काठमाडौं मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् । निर्वाचनमा ९ हजार ९५७ मतदाता छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १० : ३८ बजे

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको