बाजुराका कराते खेलाडी पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्ने भारत जाँदै | Khabarhub Khabarhub

बाजुराका कराते खेलाडी पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्ने भारत जाँदै


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिमका दुर्गम गाउँहरुमा पनि पछिल्लो समय खेल क्षेत्रको उल्लेख्य विकास भएको पाइन्छ । खेल प्रतिको युवा आकर्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा हुने सफलताले पनि प्रमाणित गरेको छ । श्रोतसाधन र सीप तथा प्रशिक्षण अभावबीच पनि युवाहरुमा खेलरुची व्यापक देखिन्छ । भलिबल होस्, कि फुटबल, क्रिकेट होस् कि कराते गाउँ गाउँमा आयोजना हुने गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड बाहेक कुनै खेल आयोजना नहुने बाजुरामा केही वर्षयता गोल्डकपदेखि क्रिकेटका क्षेत्रीय खेलहरु समेत आयोजना हुने गरेका छन् ।

यतिसम्म कि बाजुराकै खेलाडीहरु देश बाहिरका खेलमा भाग लिँदै छन् । भारतको झारखण्डमा हुने दक्षिण एशियाली खुला कराते प्रतियोगितामा बाजुराबाट ८ जनाले भाग लिने भएका छन् । खेल बैशाख ५ देखि ७ गतेसम्म झारखण्ड राज्यको गिरप्थ टाउन हलमा आयोजना हुनेछ । बाजुराबाट दक्षिण एसीयाली खेलमा भाग लिएको यो पहिलो इतिहास हो । क्षेत्रीय छनोटबाट कोही खेलाडीले भाग लिन पाएपनि जिल्ला तहबाट छनोट भएर पहिलो पटक जान लागेको अन्तर्राष्ट्रिय खेल प्रशिक्षक नरेन्द्र ओलीले बताए । ओलीले तीन दशक भारतको मुम्बईमा कराते खेल विकासमै बिताएका छन् ।

हाल खप्तड छेडेदह गाउँपालिकामा खेल प्रशिक्षकको रुपमा कार्यरत ओली आफैँ रेफ्री समेत हुन् । उनकै नेतृत्वमा बाजुराबाट ८ जना खेलाडी सहीतको टोली जान लागेको हो । टोलीलाई गाउँपालिका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशु देवी नाथले औपचारिक विदाइ गरेका छन् । दक्षिण एशियाली खेलमा सुशील बहादुर कठायत, शुभम रावत, अमित रावत, अमृत बुढा, सुरेन्द्रा कुमारी रावत, रमा रावत, सरिता सुनार र गिता कठायतले भाग लिनेछन् ।

यी बाहेक कमल रावत, कमल खड्का, केशबहादुर रोकाया, प्रदीप सुनार, रोहित विक, लक्ष्मी कुमारी कठायत, कोपिला कुमारी शाही, दिपिका चदारा र अनुराधा सुनारपनि खेलका लागि छनोट भएका छन् । उनीहरुले यही चैत्र २६ देखि २९ गते सम्म कैलाली जिल्लाको धनगढी रंगशालामा हुने खेलमा भाग लिनेछन् । सुदूरपश्मिच प्रदेश स्तरीय खेल नेपाल कराते महासंघले आयोजना गरेको हो । पालिकाले विदाइ गर्नु पूर्व क्षेत्रीय खेल र अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने खेलाडीलाई एक महिना बन्द प्रशिक्षणमा राखिएको थियो ।

खेलाडी सहित १ टिम व्यवस्थापक रमेश बहादुर रावत र प्रशिक्षक नरेन्द्र ओली टिममा सहभागि हुने गरि विदाई गरिएको गाउँपालिका अध्यक्ष दिबहादुर रावतले बताएका छन् । गाउँ, समाज र देश चिनाउने विधा नै खेलकुद भएकोले पालिकाको लगानी र सरोकार खेलाडी उत्पादनमा केन्द्रित गरिएको अध्यक्ष रावतको भनाइ छ । खेलकुदबाट मान पनि, सम्मान पनि र राम्रो गर्न सके व्यक्तिगत आम्दानी पनि गर्न सकिने विधा नै खेलकुद भएकोले प्रशिक्षक राखेर नै नियमित अभ्यास गर्ने र लगानी पनि बढाउने गरि पालिकाले नीति लिएको उपाध्यक्ष बिशुदेवी नाथले बताइन् ।

विदाइमा सहभागि निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावतले पहिलो पटक त्यो पनि देश बाहिरको एसीयाली खेल खेल्न खेलाडी पठाउन पाउनु नै पालिकाका लागि गर्वको विषय बनेको बताएका छन् । खेलाडीका लागि मष्टेश्वरी मावि डोगडीले ३० हजार र न्यू बढालेक निर्माण सेवाका व्यवसायी अंगबहादुर ओलीले पोशाक सहीत ५२ हजार आर्थिक सहयोग गरेका छन् ।

बाँकी खेलाडीका लागि आवश्यक लगानी पालिकाले नै बेहोर्ने छ । खेल प्रशिक्षकको रुपमा रहेका नरेन्द्र ओली नेपाल कराते महासंघका राष्ट्रिय निर्णायक तथा प्रशिक्षक एवं राष्ट्रिय गोजुरियो करातेका केन्द्रिय कोषाध्यक्ष हुन् । भने उनी मार्सल आर्टका अन्तर्राष्ट्रिय प्रशिक्षक पनि हुन् । पालिकाले जिल्लामै पहिलो एशियाली खेलमा खेलाडी पठाउने अवसर पाएकोप्रति खुसी व्यक्त गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ०४ बजे

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने

मुस्ताङ– घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ ।

मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा पूर्वीनाका