उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका « Khabarhub

उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्दै छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो ।

उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण गर्ने कार्यतालिका छ । उपप्रमुख डंगोल बेल्जियमपछि अदालतको अवलोकन भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ । त्यहाँ पनि उनले युरोपियन युनियनको अभ्याससँगै त्यहाँको विवाद निरुपणका लागि भएका र गरेका प्रयासहरुका बारेमा अनुभव लिने कार्यक्रम छ ।

भ्रमणकै सिलसिलामा त्यहाँको स्थानीय सरकारसँग पनि विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । ‘बेल्जियको अवलोकन भ्रमणका क्रममा त्यहाँको संसदको पनि अवलोकन गर्ने र काठमाडौं महानगरपालिकाले गरेका असल अभ्यासबारे अनुभव आदनप्रदान गर्ने कार्यक्रम छ,’ डंगोलले भनिन्, ‘यो भ्रमणका क्रममा त्यहाँका सरकारका प्रतिनिधि, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरुसँग औपचारिक भेटघाटको कार्यक्रम छ ।’

बेल्जियममै युनेस्कोसँग त्यहाँका सम्पदा र काठमाडौं महानगरपालिकाका सम्पदा संरक्षणका लागि गरेका प्रयासहरुका बारेमा अनुभव आदनप्रदान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिइन् । ‘काठमाडौं महानगर युनेस्को क्रिएटिभ सिटी पनि हो,’ उनले भनिन्, ‘त्यहाँ नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबारे गहन छलफल गर्ने तयारी छ । कला, संस्कृति र नवीन उद्योगसम्बन्धी नीति तयार गरी ’स्क्रिन पर्यटन’को सम्भावनालाई समेत साकार बनाउन के–कस्तो पहल गर्न सकिन्छ त्योबारेमा पनि म भ्रमणका क्रममा छलफल गर्ने छु ।’

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ४५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ