ट्रम्पको ट्यारिफ आक्रमणः मस्कले नै गुमाए १९ बिलियन « Khabarhub

ट्रम्पको ट्यारिफ आक्रमणः मस्कले नै गुमाए १९ बिलियन


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले एलन मस्कसहित विश्वका शीर्ष २० धनी व्यक्तिहरूले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएका छन् । ट्रम्पको यो नीतिले विश्व बजारमा ठूलो गिरावट आएको छ ।

विश्वका ५ सय धनी व्यक्तिले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएको विश्वका धनीहरूको रेकर्ड ट्र्याक गर्ने वेबसाइट ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स जनाएको छ ।
समाचारअनुसार १३ वर्षमा विश्वका शीर्ष धनीहरूले यति ठूलो नोक्सानी भोगेको यो चौंथो पटक हो । यसअघि पनि कोरोनाका कारण यति धेरै क्षति भएको थियो । तथ्याङ्कअनुसार प्रत्येक धनीले औसत ३.३ प्रतिशत घाटा बेहोर्नु परेको छ ।

कसले कति घाटा बेहोरे ?

विश्वका धनीहरूको सूचीमा परेका अर्बपतिको सम्पत्तिमा भारी गिरावट आएको छ । एलन मस्कदेखि बिल गेट्स र मुकेश अम्बानीसम्म सबैको नेटवर्थ घटेको छ । ट्रम्पका विशेष साथी एलन मस्कले सबैभन्दा बढी घाटा बेहोरेका छन्, त्यसपछि वारेन बफेट र ल्यारी एलिसन छन् । लगातार दोस्रो दिन उनको सम्पत्ति २४ घण्टामा १० अर्ब डलरभन्दा बढीले घटेको छ ।

मार्क जुकरबर्गले सबैभन्दा बढी घाटा बेहोरेका छन् । उनको सम्पत्ति ९.४४ बिलियन डलरले घटेको छ । मेटाको शेयर पहिले धेरै बढिरहेको थियो तर फेब्रुअरीको मध्यदेखि २८ प्रतिशतले गिरावट आएको छ ।
अमेजनको शेयर पनि ९ प्रतिशतले घटेको छ । यो अप्रिल २०२२ पछि पहिलो पटक भएको हो । जसका कारण जेफ बेजोसको सम्पत्ति ७.५९ बिलियन डलरले घट्यो भने टेस्लाका सीईओ मस्कलाई पनि १९.९ बिलियन डलरको नोक्सान भएको छ ।

एलभीएमएचका बर्नार्ड अर्नाल्टले ६ बिलियन घाटा बेहोरेको छन् । युरोपेली सङ्घले २० प्रतिशत कर लगाउने बताएको कारण यस्तो भएको हो ।

उता, हुआली इन्डस्ट्रियल ग्रुप कम्पनीका संस्थापक झाङ कोंग्युआनलाई १.२ बिलियन डलरको नोक्सान भएको छ । ट्रम्पले चीनबाट आउने सामानमा ३४ प्रतिशत कर लगाएका कारण यस्तो भएको हो ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पनि पछिल्लो २४ घण्टामा घाटा भएको छ । उनको सम्पत्ति करिब ३ अर्ब डलरले घटेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : २० बजे

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

गलकोट– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नं २ मा

गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

काठमाडौं- जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई

इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा इरानको मिसाइल आक्रमण

तेहरान- इरानको इस्लामिक रिभोल्युस्नरी गार्ड कर्प्स (आईआरजीसी) ले इजरायली प्रधानमन्त्री

नेपालको चुनावमा बाह्‍य लगानी र भारत-चीनसँगको सम्बन्धबारे केपी ओलीले भने ?

झापा- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली