ट्रम्पको ट्यारिफ आक्रमणः मस्कले नै गुमाए १९ बिलियन | Khabarhub Khabarhub

ट्रम्पको ट्यारिफ आक्रमणः मस्कले नै गुमाए १९ बिलियन


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले एलन मस्कसहित विश्वका शीर्ष २० धनी व्यक्तिहरूले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएका छन् । ट्रम्पको यो नीतिले विश्व बजारमा ठूलो गिरावट आएको छ ।

विश्वका ५ सय धनी व्यक्तिले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएको विश्वका धनीहरूको रेकर्ड ट्र्याक गर्ने वेबसाइट ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स जनाएको छ ।
समाचारअनुसार १३ वर्षमा विश्वका शीर्ष धनीहरूले यति ठूलो नोक्सानी भोगेको यो चौंथो पटक हो । यसअघि पनि कोरोनाका कारण यति धेरै क्षति भएको थियो । तथ्याङ्कअनुसार प्रत्येक धनीले औसत ३.३ प्रतिशत घाटा बेहोर्नु परेको छ ।

कसले कति घाटा बेहोरे ?

विश्वका धनीहरूको सूचीमा परेका अर्बपतिको सम्पत्तिमा भारी गिरावट आएको छ । एलन मस्कदेखि बिल गेट्स र मुकेश अम्बानीसम्म सबैको नेटवर्थ घटेको छ । ट्रम्पका विशेष साथी एलन मस्कले सबैभन्दा बढी घाटा बेहोरेका छन्, त्यसपछि वारेन बफेट र ल्यारी एलिसन छन् । लगातार दोस्रो दिन उनको सम्पत्ति २४ घण्टामा १० अर्ब डलरभन्दा बढीले घटेको छ ।

मार्क जुकरबर्गले सबैभन्दा बढी घाटा बेहोरेका छन् । उनको सम्पत्ति ९.४४ बिलियन डलरले घटेको छ । मेटाको शेयर पहिले धेरै बढिरहेको थियो तर फेब्रुअरीको मध्यदेखि २८ प्रतिशतले गिरावट आएको छ ।
अमेजनको शेयर पनि ९ प्रतिशतले घटेको छ । यो अप्रिल २०२२ पछि पहिलो पटक भएको हो । जसका कारण जेफ बेजोसको सम्पत्ति ७.५९ बिलियन डलरले घट्यो भने टेस्लाका सीईओ मस्कलाई पनि १९.९ बिलियन डलरको नोक्सान भएको छ ।

एलभीएमएचका बर्नार्ड अर्नाल्टले ६ बिलियन घाटा बेहोरेको छन् । युरोपेली सङ्घले २० प्रतिशत कर लगाउने बताएको कारण यस्तो भएको हो ।

उता, हुआली इन्डस्ट्रियल ग्रुप कम्पनीका संस्थापक झाङ कोंग्युआनलाई १.२ बिलियन डलरको नोक्सान भएको छ । ट्रम्पले चीनबाट आउने सामानमा ३४ प्रतिशत कर लगाएका कारण यस्तो भएको हो ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पनि पछिल्लो २४ घण्टामा घाटा भएको छ । उनको सम्पत्ति करिब ३ अर्ब डलरले घटेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : २० बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै