रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा « Khabarhub

रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नं २ मा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको जनाएको छ ।

सो पार्टीका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देही–२ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा कुनै सत्यता नभएको जानकारी दिए ।

उनले भने, ‘राप्रपाले रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन । प्राविधिक रुपमा राप्रपाको उमेदवारी खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पङ्क्ति र मतदातालाई राप्रपा अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ४ : ३० बजे

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने