धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने « Khabarhub

धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेले सुदूरपश्चिम प्रदेशस्तरीय बृहत् बिशेष भेला धनगढीमा आयोजना गर्ने भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यही चैत्र २९ गते प्रदेश स्तरीय बृहत बिशेष गर्न लागेको हो । भेला कैलालीको धनगढीमा आयोजना गरिने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन् ।

नेकपा एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकबाट थप तयारीबारे छलफल गरिएको छ । बैठकले विशेष सभाको तयारी तीब्र पार्ने र व्यापक सहभागिता बनाउनेबारे छलफल सहीत कामलाई तीव्रता दिने निर्णय गरेको छ ।

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । ‘विशेष सभा शान्ति, सुशासन र विकासका पक्षधरहरुलाई एकीकृत गर्न हो, अराजकता मच्च्याउने भीडका विरुद्ध हो, सकेसम्म सबै लोकतन्त्रवादीलाई सहभागि गराउने गरी तयारी गरिएको हो’ अध्यक्ष जैशीले भने ।

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा धनगढीमा सभा आयोजना गर्न लागिएको पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । उनले भने , ‘एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानलाई थप बल पुर्याउने उदेश्यले यो सभा आयोजना हुँदैछ।’

लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि जनतालाई सचेत बनाउन बृहत कार्यकम आयोजना गर्न जरुरी ठानेर नै गर्न लागिएको एमाले पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले बताए । कार्यक्रममा नौ वटै जिल्लाबाट सहभागी हुने बताइएको छ ।

विशेष गरी नेकपा एमाले निकट २३ वटै जनसंगठनका जिल्लादेखि प्रदेश स्तरका नेता कार्यकर्ता, पार्टी कमिटीका वडा देखि पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीका नेता कार्यकर्तालाई अनिवार्य गरिएको छ ।

विशेष सभामा एमाले आस्तावान सबै तहका नेता, कार्यकर्ता सहीत गणतन्त्र र परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुन एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले आह्वान समेत गरेका छन् ।

‘परिवर्तनविरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन सभामा सभा आयोजना गरिएको हो,’ इन्चार्ज भट्टले भने ,जनताको साथमा एमाले छ भन्ने सन्देश पनि सभाले दिने छ । ’ पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ ।

पूर्वराजाका नाममा केही परिचालित अराजक तत्वहरुले समाजमा अशान्ति सिर्जना गर्ने खालका गतिविधि गरिरहेका छन् । त्यसविरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको हो । धनगढीको पार्कमोडमा आयोजना हुने सभालाई एमाले शीर्ष नेताहरुले संवोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : २६ बजे

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर