काठमाडौंबासीलाई फेवा महोत्सवको निम्ता | Khabarhub Khabarhub

काठमाडौंबासीलाई फेवा महोत्सवको निम्ता


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नववर्ष महोत्सवमा सहभागी हुन काठमाडौंबासीलाई आमन्त्रण गरेको छ ।

होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकावासीलाई महोत्सवमा भाग लिइ नेपाली नयाँ वर्ष भव्य रुपमा मनाउन निम्ता प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै हानका केन्द्रिय अध्यक्ष विनायक शाहले फेवा महोत्सव पोखराको स्थापित कार्यक्रम मध्ये एक हुन पुगेको बताउँदै शहरलाई चयायमान बनाउन महोत्सव सहयोगी भएको भनाइ राखे ।

पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ अन्तर्गत लक्ष्य लिइएको २० लाख पर्यटक पोखरा भित्र्याउन समेत महोत्सवले सघाउने विश्वास अध्यक्ष शाहले व्यक्त गरे । पोखराबाट चीनका विभिन्न शहरमा अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुनु र विभिन्न शहरबाट पोखरा जोड्ने सडकहरु समेत सुधार हुँदै जानु सकारात्मक पक्ष भएको उनले बताए । नेपालको होटल क्षेत्रले ३५ लाख पाहुनालाई सेवा दिन सक्ने तथ्यांक सुनाउँदै उनले देशको समृद्धिको आधार पर्यटन हुन सक्ने बताए । ठूला शहरहरु प्रदूषणको चपेटामा परेको तर्फ सरकार गंभीर बन्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले फेवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने उनले बताए । पछिल्लो समय नेपाली नयाँ वर्षलाई पनि उल्लासपूर्ण रुपमा मनाउने प्रचलन बढ्दै गएको निवर्तमान अध्यक्ष तुलाचनले स्मरण गराए । महोत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई २० प्रतिशत छुट प्रदान गर्ने जानकारी पनि उनले दिए । संचारकर्मीले राखेका विभिन्न जिज्ञासाको उत्तर तुलाचनले दिएका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरालाई भाइव्रेण्ट सिटिका रुपमा अगाडि बढाउन महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे । यही अभियानमा टेवा पुग्नेगरी बोर्डले महोत्सवलाई सघाइरहेको बताउँदै उनले पोखरा र चीन जोड्ने गरी हालै केही अन्तर्राष्ट्रिय उडानहरु पनि हुनु सकारात्मक पक्ष भएको जनाए ।

आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको खहरेदेखि ड्यामसाइडसम्मको सडकमा आयोजना हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए । नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने र पर्यटकहरुको बसाई अवधि लम्ब्याउने महोत्सवको थप उदेश्य रहेको संयोजक सुवेदीले जानकारी दिए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले उपस्थित सबैप्रति धन्यवाद प्रकट गरे ।

प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने आयोजक संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले जानकारी दिए । व्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने उपाध्यक्ष पहारीले बताए ।

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा।ली, सह प्रायोजक वरुण वेभरेज लि।को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि। फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहने छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : ३५ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत