‘अवतार’ फ्रेन्चाइजको मूल कथानक ‘थर्ड पार्ट’ मा ‘ट्वीस्ट’ « Khabarhub

‘अवतार’ फ्रेन्चाइजको मूल कथानक ‘थर्ड पार्ट’ मा ‘ट्वीस्ट’


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौंः जेम्स क्यामरुनको अवतार शृङ्खलामा नावी जातिलाई मुख्य नायकको रूपमा देखाइँदै आएको छ । मानिसलाई उपनिवेशकर्ता वा कब्जा गर्ने खलनायकको रूपमा देखाइएको थियो । तर, अब यसको कथा ‘अवतारः फायर एन्ड ऐश’ मा परिवर्तन हुँदैछ ।

हलिउडको चर्चित फिल्म ‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्ट ‘अवतारः फायर एन्ड ऐश’ को मूल कथा सार्वजनिक भएको छ । फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको नजर छ र अब यससँग सम्बन्धित महत्वपूर्ण जानकारी पनि बाहिर आएको छ ।

‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्टको रिलिज मितिदेखि फिल्मको अर्को भागसम्मको कथाका केही महत्वपूर्ण अंशहरु सार्वजनिक भएका छन् । फिल्ममा खलनायक को बन्ने भन्ने पनि बताइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार निर्देशक जेम्स क्यामरुनले भने कि अवतार फिल्म शृङ्खलाको अर्को भागले पान्डोरा चन्द्रमामा सुली परिवारका लागि नयाँ चुनौती ल्याउनेछ । वाल्ट डिज्नीले बिहीबार अर्थात् ३ अप्रिलमा यस फिल्मको पहिलो झलक देखाएको छ ।

‘अवतारः फायर एण्ड ऐश’ ले निलो नाई जनताको कथालाई निरन्तरता दिनेछ र फिल्म रिलिज भएपछि दर्शकलाई चकित पार्न सक्ने केही कुरा अगाडि देखाइने छ ।
साम वर्थिङ्टनले जेक सुलीको भूमिका निभाएका छन् भने साल्दानाले उनकी श्रीमती नेतिरीको भूमिका निर्वाह गरेकी छन् ।

निर्देशकले लस भेगासमा भएको सिनेमा कन कार्यक्रममा भिडियोमार्फत सबै जानकारी दिएका हुन् । जेम्स क्यामरुनले न्यूजिल्याण्डलाई भनेका थिए कि ‘अवतार’ को तेस्रो भागमा कथा वास्तवमा सुली परिवारलाई केन्द्रमा राखेर लेखिएको हो । चलचित्रमा केही कुरालाई नयाँ ढङ्गले देखाइएको छ, जुन दर्शकले मन पराउने छन् ।

‘अवतारः फायर एन्ड ऐश’ यसै वर्षको डिसेम्बर १९ मा विश्वभर रिलिज हुँदैछ । यो जानकारी यसअघि नै १० अगस्ट २०२४ मा अवतारको आधिकारिक इन्स्टाग्राम पृष्ठमा सार्वजनिक गरिएको थियो । यसको अन्तिम दुई भाग अवतार (२००९) र ‘अवतारः द वे अफ वाटर’ ब्लकबस्टर साबित भइसकेको छ ।

अब फ्यानहरु तेस्रो भागको प्रतिक्षामा छन् तर यसको प्रतिक्षा पनि यसै वर्ष समाप्त हुनेछ । फिल्ममा जोय सलदाना, सैम वर्थिंगटन, सिगोर्ने वियर र माइकल रोड्रीगजजस्ता कलाकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : ४२ बजे

यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण

काठमाडौं – हलमा न्यून संख्यामा दर्शक आएपछि फागुन १ बाट

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई

विश्वकपमा १२ वर्षपछिको जित : दीपेन्द्रको प्रभाव र सोमपालको कमब्याकले दिलाएको खुसी

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै