पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा चुनौतीः एमाले महासचिव « Khabarhub

पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा चुनौतीः एमाले महासचिव


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँः नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा चुनौती थपेको बताएका छन् ।
संविधानबाहिर कोही पनि जान नसक्ने बताउँदै महासचिव पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताएका हुन् ।

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्नेमा एमाले र नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए ।

उनले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको बताए ।
“पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौँ, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्नसक्नु पर्दछ,” उनले भने ।

महासचिव पोखरेलले नेपालमा सुशासन र सेवाप्रवाहको कारणले जनतालाई प्रश्न उठेको भन्दै सुशासन कायम गर्ने र सेवाप्रवाहलाई छिटोछरिता बनाउन पेसागत महासङ्घलाई आग्रह गरे ।
“राजनीतिक नेतृत्वले नीतिगत निर्णय गरिदिन्छ, प्रशासनले कार्यन्वयन गर्ने हो, प्रशासनयन्त्र सक्रिय नहुने हो भने जतिसुकै राम्रा योजना बनाएर पनि परिमाण आउँदैन,” महासचिव पोखरेलले भने, “अहिले हाम्रा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहानदेखि बेलुकासम्म जति खट्नुहुुन्छ, त्यति प्रशासनतन्त्र खटेका छैनन्, देश बनाउने कुरा जागिर नभई भावना, आन्दोलन हो ।”
महासचिव पोखरेलले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि सरकारले विभिन्न कानुन संशोधन गरेको बताए ।

गत चैत १५ गते भएको आपराधिक क्रियाकलापमा संलग्न र जिम्मेवार मानिसहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उक्त दिनको घटनाको सबै जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने उनको भनाइ छ ।
“काठमाडौँमा प्रदर्शनको नाममा जुन हर्कत भए ती आपराधिक, संविधान विरोधी र जनविरोधी क्रियाकलापका रूपमा भएका छन्,” महासचिव पोखरेलले भने । उनले सामाजिक सञ्जालबाट भ्रमको खेती मात्र गरिएको भन्दै त्यस भ्रमलाई चिर्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ४ : १५ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर