वासन्ती नवरात्रः दुर्गा भवानीको ‘खोइछ’ भरिँदै « Khabarhub

वासन्ती नवरात्रः दुर्गा भवानीको ‘खोइछ’ भरिँदै


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – वासन्ती नवरात्रको अवसरमा महोत्तरीसहित मधेशका जिल्लामा देवी दुर्गाको ‘खोइछ’ ९पोल्टा० भरिँदै छ । पहाडी क्षेत्रमा चैते दसैँ भनिने वसन्त ऋतुको नवरात्रको अवसरमा मैथिल श्रद्धालुहरू आज देवी दुर्गाका प्रतिमाको ‘खोइछ’ भर्दैछन् ।

शारदीय र वासन्ती गरी वर्षमा दुई पटक मनाइने नवरात्रमा हिन्दूमैथिल परम्परामा देवीपूजन र आराधना गरिन्छ । यसअवसरमा देवी दुर्गाको पुकारा गर्दै भाकल गरेकाहरूले देवीको ‘खोइछ’ भरिरहेका हुन् ।

हिन्दू परम्परामा वर्षमा दुई पटक मनाइने नवरात्र पर्व असोज शुक्लपक्ष र चैत शुक्लपक्षमा पर्छ । दुवैै नवरात्र शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म मनाइन्छन् । यसरी असोजमा मनाइने नवरात्रलाई शारदीय र चैतमा मनाइनेलाई वासन्ती भनिने मैथिल चलन छ । दुवै नवरात्रमा समान विधिले दुर्गापूजा र आराधना गरिन्छ ।

अहिले वासन्ती नवरात्रको आठौं दिन आज अष्टमी तिथिका दिन महोत्तरीका देवी शक्तिपीठ र मन्दिरहरुरूमा ‘खोइछ’ दिनेहरुरूको लाम छ । बर्दिबास—४ स्थित पञ्चधुरा माई मन्दिर, बर्दिबास—१४ हटियास्थित दुर्गा मन्दिर, औरही—७ भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माईलगायत ठाउँमा श्रद्धालुहरुरू देवी प्रतिमाको ‘खोइछ’ भर्दैछन् । यो क्रम भोलि नवमीसम्म रहने छ ।

विभिन्न समयमा मनोकामनाका लागि गरिएका भाकलअनुसार देवीको सारीको अँचरा ९पोल्टा० मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलपूmल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ । देवी मन्दिरमा ‘खोइछ’ भर्न लाम लाग्नेमा महिलाको सङ्ख्या धेरै छ ।

‘खोइछ’ भरिने क्रमसँगै वासन्ती नवरात्र अब अन्तिम चरणमा छ । शारदीय नवरात्रमा नवमीपछि मान्यजनका हातबाट टीकाजमरा लगाउने चलन वासन्ती नवरात्रमा छैन । यसैले वासन्ती नवरात्रको उत्सव नवमीसमाप्तिसँगै समापन हुने परम्परा छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ३३ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण