‘महाराजधिराज’मा आर्यनको प्रवेश, आउला त फूलपातीमा ? « Khabarhub

‘महाराजधिराज’मा आर्यनको प्रवेश, आउला त फूलपातीमा ?


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परिचछेच्द सेनको लेखन र निर्देशन रहने फिल्म ‘महाराजधिराज’मा नायक आर्यन सिग्देलको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार आर्यन अनुबन्ध भएको सार्वजनिक गरेको हो ।

यसअघि नै फिल्ममा नायकद्वय पल शाह र रमेश उप्रेती फाइनल भएका छन् । नायक जयकिशन बस्नेत पनि यस फिल्ममा फाइनल भएका छन् ।

आर्यनको प्रवेशले कलाकारहरुको लाइअप रोचक देखिएको छ । यी दुवैको मुख्य भूमिकामा रहने निर्देशन सेनले बताएका छन् ।

फरक चरित्रका लागि प्रस्ताव आएकाले यस फिल्ममा जोडिएको नायक आर्यनले बताए ।

निर्माण पक्षका अनुसार यो फिल्मका कलाकार चयनको काम अझैँ बाँकी छ । फिल्ममा अरु थप चर्चितअनुहार भित्र्याउने तयारीमा रहेको बुझिएको छ । मुख्य त नायिका चयनको काम नै बाँकी छ ।

यो फिल्मको प्रदर्शन मिति आगामी फूलपातीलाई तोकिएको छ । कहिलेबाट छायाङ्कनमा निस्कने भन्नेबारे निर्माण पक्ष अझै अन्योलमा छ ।

यो फूलपातीमा अहिलेसम्म ५ भन्दा बढी फिल्मले प्रदर्शन मिति तोकेको छन् । घोषणाअनुसार ती सबै फिल्म प्रदर्शनमा आए भने फूलपातीमा पाँचभन्दा बढी फिल्मले हलमा प्रतिस्पर्धा हुने देखिएको छ ।

‘महाराजधिराज’ फूलपातीमै प्रदर्शनमा ल्याउने भए निर्देशक सेनसँग पाँच महिनाको मात्रै समय छ । यो अवधिमा कलाकार चयन, प्रि पोडक्सन, छायाङ्कन र पोस्ट प्रोडक्सनको काम सक्नुपर्ने चुनौती उनीसँग छ ।

सेनले यसअघि ‘प्रेमगञ्ज’ र ‘बुलाकी’ जस्ता फिल्म निर्माण गरेको छ । उनको यो फिल्म ‘मल्टिस्टारर’ बन्ने देखिन्छ । यसका निर्माताहरु टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : ५० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्