ट्रम्पले भने- तेस्रो कार्यकालमा रुचि छैन | Khabarhub Khabarhub

ट्रम्पले भने- तेस्रो कार्यकालमा रुचि छैन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको बताएका छन्। आइतबार प्रसारित एक अन्तरवार्तामा उनले आफू दुई कार्यकालका लागि आठ वर्षको राष्ट्रपति भएको बताए। ७८ वर्षीय ट्रम्पले अब अर्को कार्यकालमा रुचि नभएको बताएका हुन्।

ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको प्रष्ट पारेका हुन्। यसअघि उनले आफू तेस्रो कार्यकालमा लागि पनि तयार रहेको कुरा जोक मात्र नभएर चौथो कार्यकालसम्म पनि पुग्न सक्ने बताएका थिए।

फ्लोरिडामा उनको निवासमा नै लिइएको अन्तरवार्तामा ट्रम्पले धेरै जना व्यक्ति अझै उनलाई तेस्रो कार्यकालका लागि अनुरोध गर्न आइरहेको भने खुलासा गरेका छन्।

उनले रिपब्लिकमा नै आफ्नो उत्तराधिकारीको खोजी गर्न थालेका छन्। उपराष्ट्रपति जेडी भान्स र विदेश मन्त्री मार्क रुबियो मुख्य दाबेदारको रूपमा रहेका छन्। संविधानको २२ औं संशोधनले कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाउने उल्लेख छ।

संविधान परिवर्तनका लागि संसद्को दुई तिहाइको साथ चाहिन्छ। साथै तीन चौथाइ स्थानीय सरकारको समर्थन पनि चाहिन्छ।

ट्रम्पका धेरै समर्थक भने संविधानमा नै छिद्र भएका कारण कानुनी बहसको विषय बनाउन सकिने बताउँछन्। तर ट्रम्पले यो विषय प्राथमिकतामा नरहेको प्रष्ट पारेका हुन्।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : १३ बजे

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण उपलब्ध गराउन आग्रह

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी

सरकार र जेन-जी विद्रोहको अपहरणकर्ता

नेपालको नयाँ पुस्ताले भोगेको अन्याय, असमानता र राजनीतिक सिन्डिकेटविरुद्ध उठेको

मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री भएन

तनहुँ- विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै