ट्रम्पले भने- तेस्रो कार्यकालमा रुचि छैन « Khabarhub

ट्रम्पले भने- तेस्रो कार्यकालमा रुचि छैन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको बताएका छन्। आइतबार प्रसारित एक अन्तरवार्तामा उनले आफू दुई कार्यकालका लागि आठ वर्षको राष्ट्रपति भएको बताए। ७८ वर्षीय ट्रम्पले अब अर्को कार्यकालमा रुचि नभएको बताएका हुन्।

ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको प्रष्ट पारेका हुन्। यसअघि उनले आफू तेस्रो कार्यकालमा लागि पनि तयार रहेको कुरा जोक मात्र नभएर चौथो कार्यकालसम्म पनि पुग्न सक्ने बताएका थिए।

फ्लोरिडामा उनको निवासमा नै लिइएको अन्तरवार्तामा ट्रम्पले धेरै जना व्यक्ति अझै उनलाई तेस्रो कार्यकालका लागि अनुरोध गर्न आइरहेको भने खुलासा गरेका छन्।

उनले रिपब्लिकमा नै आफ्नो उत्तराधिकारीको खोजी गर्न थालेका छन्। उपराष्ट्रपति जेडी भान्स र विदेश मन्त्री मार्क रुबियो मुख्य दाबेदारको रूपमा रहेका छन्। संविधानको २२ औं संशोधनले कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाउने उल्लेख छ।

संविधान परिवर्तनका लागि संसद्को दुई तिहाइको साथ चाहिन्छ। साथै तीन चौथाइ स्थानीय सरकारको समर्थन पनि चाहिन्छ।

ट्रम्पका धेरै समर्थक भने संविधानमा नै छिद्र भएका कारण कानुनी बहसको विषय बनाउन सकिने बताउँछन्। तर ट्रम्पले यो विषय प्राथमिकतामा नरहेको प्रष्ट पारेका हुन्।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : १३ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम