यातायात व्यवस्था कार्यालय झापाबाट ८२ करोड राजस्व सङ्कलन « Khabarhub

यातायात व्यवस्था कार्यालय झापाबाट ८२ करोड राजस्व सङ्कलन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्ष (आव) २०८१–०८२ को नौ महिनामा  ८२ करोड १६ लाख ४८ हजार चार सय दुई रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व सङ्कलन गरेको हो ।

चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन बापत ६९ करोड ६ लाख २२ हजार पाँच सय ४२ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी बापत ९६ लाख ६० हजार छ सय ६७, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड १२ लाख ८९ हजार ६ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

चालु आवको नौ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए । उनका अनुसार गत आव २०८०–०८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख ६ हजार आठ सय ८४ सवारी साधन दर्ता रहेका थिए ।

कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल तीन हजार दुई सय ३६ दर्ता भएका छन् ।

यसैगरी ई–रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीन सय ४५, ई–स्कुटर पाँच सय ७९, कार एक सय ८०, ट्र्याक्टर एक सय ७६, जिप एक सय ६८, बस एक सय आठ, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चार वटा नयाँ दर्ता भएका छन् । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : ५७ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना